युद्धको झल्को दिने पेण्टबल पोखरामा सन्चालनमा (फोटो फिचर सहित)

सागर राज तिमिल्सिना
पोखरा, २२ साउन/पर्यटकीय नगरी पोखरामा युद्ध मैदानको झल्को दिने गरी पेण्टबल सञ्चालनमा आएको छ । युद्धमा दुस्मनलाई पराजित गर्न आवश्यक कौशल, बन्दूकको सही निशानी र आत्मसुरक्षाको रणनीतिसहित खेलिने यो खेल पोखरामै पहिलोपटक भित्राइएको हो । पोखरामा आन्तरिक एवं बाह्य पर्यटन प्रबद्र्धनमा सघाउ पु¥याउने उद्देश्यसहित युवाहरुलाई नौलो स्वाद दिने उद्देश्यले खेल भित्राएको प्रालि अध्यक्ष गुप्ता लामाले बताए ।
IMG_4907अमेरिकाबाट सुरुवात यो खेल विदेशमा निकै प्रचलित छ’, प्रालि अध्यक्ष लामाले भने–पोखरामा नौलो भएको भन्दै यसप्रति रुची दिनेको भीड दैनिक बढ्दै गएको बताए । पाँच रोपनी जग्गा लिजमा लिएर सञ्चालित पोखरा ब्याटलफिल्ड प्रालिले पेण्टबलसँगै फुटसल (इन्डोर फुटबल) खेल सुरु गरेको छ । खेलका लागि आवश्यक पूर्वाधार, सामग्री, डेकोरेसनलगायत गरी ५० लाख रुपैयाँ लगानी हुने अध्यक्ष लामाले बताए ।
IMG_4912पोखरामा पेण्टबलका लागि प्रालिले अमेरिकाबाट ३० थान गन भित्राएको छ । एउटा गनको मात्रै मूल्य १६ हजार रुपैयाँ पर्दछ । दुई समूह (रातो र नीलो) मा खेलिने यस खेलका लागि खेलाडीले आत्मसुरक्षाका लागि गियर, मास्क, पञ्जा, सुट, मार्करसहित रंगको गोली विपक्षीको निशाना बनाउँछन् । गोली लाग्नेवित्तिकै विपक्षी खेलाडी मैदानबाट आउट हुन्छ । एक चरणमा करिब एक घण्टाका लागि खेलिने पेण्टबलमा एक समूहमा आठ जना खेलाडी सहभागी हुने गरेका छन् ।
IMG_4916युद्धमैदानजस्तो बनाउन प्रालिले विभिन्न बञ्करहरु पनि निर्माण गरेको छ । खेलका क्रममा खेलाडीहरुले आफू दुस्मनसँग लडेको दृश्य क्यामरामा कैद गराउन लालायित हुन्छन् । पूर्णसुरक्षात्मक रहेको यो खेलमा मार्सल (रेफ्री) पनि रहन्छन् । न्यूनतम शुल्क तिरेपछि खेलमा सहभागी हुन पाइने प्रालिले जनाएको छ । खेल्नका लागी स्वदेशी भन्दा विदेशी पर्यटक वढि आउने गरेको लामाले बताए ।

कमेन्टहरु
Loading...