पोखरामा पनि भित्रियो फुटसल

सागर राज तिमिल्सिना
पोखरा, २२ साउन/पोखरामा पहिलोपटक फुटसल (इण्डोर फुटबल) भित्रिएको छ । फुटसलका लागि आवश्यक खेल मैदानमा करिब १५ लाखको ग्रास कार्पेट ओछ्याइएको छ । पोखराको लेकसाइडमा पोखरा ब्याटलफिल्ड प्रालिले फुटसलका लागि आवश्यक पूर्वाधार तयार पारेको हो । प्रालिका अध्यक्ष गुप्त लामाले पोखरामा आन्तरिक एवं बाह्य पर्यटन प्रबद्र्धनमा सघाउ पु¥याउने उद्देश्यसहित युवाहरुलाई नौलो स्वाद पस्किन खेल भित्राएको बताए । 
IMG_4858पर्यटकीय क्षेत्र लेकसाइडमा पाँच रोपनी खालीजग्गा लिजमा लिएर सञ्चालित पोखरा ब्याटलफिल्ड प्रालिले पेण्टबलसँगै फुटसल खेल सुरु गरेको हो । यी दुई खेललगायत आवश्यक पूर्वाधार, सामग्री, डेकोरेसनलगायत गरी ५० लाख रुपैयाँ लगानी रहेको अध्यक्ष लामाले बताए । प्रालिले गतवर्ष काठमाडौको सानेपामा पनि कल्पवृक्षनामक ब्याटलफिल्ड सुरु गरेको थियो ।
९० फिट लम्बाई र ५५ फिट चौडाइको फुटसल मैदान नेपालमै सबैभन्दा ठूलो फुटसल मैदान भएको उनको दावी छ । घामपानीको कुनै समस्या नहुने फुटसल फाइभ ए साइड खेलाइने संस्थाले जनाएको छ । इलाभेन हुँदै सेभेन ए साइड चर्चित रहेको अवस्थामा लाखौ रुपैयाँको कार्पेटमाथि फाइभ ए साइड खेल्न पाउनु खेलप्रेमीको लागि छुट्टै मज्जा हुने संस्थाको दाबी छ ।
IMG_4859पूरा शारीरिक अभ्यासका लागि अति नै महत्वपूर्ण फुटसलमा विश्वकप खेलेको अनुभूति हुने बताइन्छ । रातिको समयमा पनि खेल्न सकिन्छ । बिहानीको समयमा शारीरिक अभ्यासलाई मध्यनजर राख्दै फुटसल हरेक दिन बिहानै खेलाइने गरिन्छ । खेलका लागि भने निश्चित रकम तिर्नुपर्ने हुन्छ । औपचारीक शुरुवात नभए पनि विदेशी पर्यटकसहित स्वदेशी खेलप्रेमी तथा विदेशीहरु नियमितमा शारीरिक अभ्यासका लागि पनि फुटसल खेल्न आउने गरेको प्रालिका अध्यक्ष गुप्त लामाले बताए ।

कमेन्टहरु
Loading...