कोइरालाको दिल्ली भ्रमणमा शीतलनिवासको पहल

२२ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति सुशील कोइराला भारतीय प्रानमन्त्री मनमोहन सिंहले बोलाएको भन्दे यतिबेला दिल्ली भ्रमणमा हुनुहुन्छ । तर, कोइरालालाई भारतीय प्रधानमन्त्रीले भेट्ने इच्छा गरेर नभई स्वयं कोइरालाकै जोडबलपछि यो भ्रमण तय भएको खुलासा भएको छ ।
sushil-koirala
दिल्ली पुगेर भारतीय प्रधानमन्त्री डा। मनमोहन सिंहलाई भेटेलगतै नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले भ्रमण उपलब्धीमूलक एवं अपेक्षा गरेभन्दा सफल भएको बताउनुभएको छ । चाहेर वा नचाहेर कोइरालाले साँचो बोल्नुभयो, ६ दिने भ्रमणको दोस्रो दिन सिंहलाई भेटेलगतै कोइरालाले भ्रमण सफल भन्नुको प्रष्ट अर्थ भारतीय संस्थापन पक्षले अपेक्षा गरेभन्दा बढी महत्व दियो भन्ने हुनपर्छ । जवकि कोइरालाले भ्रमण सफल भयो भन्न्े प्रतिक्रिया दिँदा सोनियाँ गान्धीलगायतसँगको महत्वपूर्ण भेट बाँकी नै थियो ।
यस्तो थियो दिल्ली जानुअघिको कष्ट
स्रोतका अनुसार कोइरालाले साना दुःखले आज्र्याको होइन दिल्ली उडानको टिकट । औपचारिक निम्तोका लागि गरिएको पहल असफल भइरहँदा वरिष्ठ नेता शेरबहादुर देउवा मनमोहन सिंहकै निम्तोमा दिल्ली पुगेपछि कोइराला आत्तिनुभएको थियो । कोइरालाको भ्रमणका लागि महामन्त्री प्रकाशमानसिंहले पहल गर्नु भएको थियो तर, महामन्त्री कृष्णप्रसाद सिटौलाले समेत नचाहेपछि शुरुमा केही लागेन । सबै प्रयास असफल भएपछि कोइराला शीतलनिवास पुग्नुभएको थियो ।
राष्ट्रिय राजनीतिमा सहयोग नगरेको गुनासोसहित कोइरालाले आफ्नो भारत भ्रमणका लागि पहल गरिदिन कांग्रेसका पूर्वमहामन्त्री समेत रहेका राष्ट्रपति डा। रामवरण यादवलाई आग्रह गर्नुभएको ।
‘बाहिरबाट हेर्दा भारतले नेताहरुलाई बोलाएको जस्तो देखिन्छ तर, नेताहरु हामीलाई पनि बोलाइदिनुपर्‍यो भन्दै अनेक च्यानल लगाउँछन्’ काठमाडौंस्थित भारतीय दूतावास निकट स्रोतले भन्यो-’कोइरालाको भ्रमणमा राष्ट्रपतिको पहल थियो ।’ कोइरालालाई भारतीय संस्थापन पक्षले नरुचाउने भएकाले पनि भ्रमणका लागि राष्ट्रपति नै गुहार्नुपरेको स्रोतको दाबी छ ।
मुलायमले भने- चुनाव सफल बनाउन के गर्नुपर्छ ?
भारतीय समाजवादी पार्टीका अध्यक्ष मुलायमसिंह यादवले नेपालमा मंसिर ४ मै चुनाव हुनुपर्ने बताउनुभएको छ । आज जनपथस्थित आफ्नै निवासमा नेपाली काँग्रेसका सभापति सुशील कोइरालासँगको भेटमा नेपालमा शान्ति स्थापनाका लागि चुनाव अनिवार्य भएको बताउनुभएको हो ।
नेपालमा मंसिर ४ मा चुनाव हुनुपर्छ- यादवले भन्नुभयो- तोकिएको मितिमा चुनाव गर्न भारत सहयोगका लागि तयार छ । नेपालसँग भारतको राजनीतिक मात्र नभई सामाजिक आर्थिक सम्बन्ध समेत रहेको प्रसंग औल्याउँदै एक देशको हितले अर्को देशलाई फाइदा हुने बताउनुभयो । चुनावमा आफ्नो दलका तर्फबाट गर्नुपर्ने आवश्यक सहयोग समेत गर्न तयार रहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो- चुनावका लागि के गर्नुपर्छ भन्नुहोस्, समाजवादी पार्टी सधै तयार छ ।
भेटमा कोइरालाले द्धिपक्षीय हितका विषयमा कुरा राख्दै चुनाव सफल बनाउन भारतको आवश्यक सहयोगको आग्रह गर्नुभयो । कोइरालाले आर्थिक विकासका क्षेत्रमा मिलेर जानुपर्नेमा जोड दिनुभयो ।कोइरालाले आजै कँग्रेस आईका सांसद हर्षवर्द्धनसँग भेट गर्नुभयो । नयाँ दिल्लीस्थित होटल ललितमा भएको भेटमा नेपालको राजनीतिक परिस्थिति र चुनावी तयारीबारे छलफल गर्नुभयो । cp. onlinekhabar.com

कमेन्टहरु
Loading...