राष्ट्रपति वा अध्यक्षले बैठक बोलउनुपर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सबै राजनीतिक दललाई बोलाएर निर्वाचनमा सबै राजनीतिक दलले सहभागिता जनाउन सक्ने परिस्थितिको निर्माण गर्नुपर्ने बताएका छन्। सुनसरीको इटहरीमा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले चार शक्तीय एकाधिकारले अरू राजनीतिक दलसँग वार्ता वा छलफल बन्ने हैसियत नराख्ने तथा उनीहरुमा यो अधिकारसमेत नभएको बताउँदै राष्ट्रपति वा मन्त्रिपरिषद्का अध्यक्षले नै बैठक बोलाई देखिएका सबै राजनीतिक असहमतिलाई केलाएर समाधान दिनुपर्ने बताए।

अध्यक्ष थापाले चार ठूला दल र मधेसकेन्द्रित दलको संयन्त्रले चुनावमा उत्साह थप्ने कुनै पनि काम गर्न नसकेको आरोप लगाउँदै राप्रपा नेपालले भने गाउँ गाउँमा चुनावी अभियान बढाउनकै लागि पार्टी प्रशिक्षण कार्यक्रमलाई देशभर लिएर हिँडिरहेको बताए। रासस

– See more at: http://setopati.com/raajneeti/2964/#sthash.Pdlp12bM.dpuf

कमेन्टहरु
Loading...