पोखरा बन्यो बोलबममय

पोखरा, २१ साउन/साउन महिनामा पोखरा बोलबममय बन्न पुगेको छ । साउने सोमबार शिवका भक्तजन गेरुब्रस्त धारण गरी पैदल हिडेको देखिन्छ भने शिवलिङ्गमा जल चढाउन शिव मन्दिरहरुमा अधिकांश घण्टौसम्म लामबद्ध हुन्छन् । त्यसैगरी दिनभर शिवसम्बन्धी भजनकीर्तन त छँदैछ । पोखराको बैदामस्थित केदारेश्वर महादेवमणि मन्दिरको आयोजनामा अघिल्ला वर्षझै यस वर्षको साउन सोमबार बोलबम जलयात्रा कार्यक्रम पोखरामा जारी छ । ‘बोलबमको ध्वनीले, शान्ति पाउन् साराले’ भन्ने मूलमन्त्रका जारी कार्यक्रममा साउनको तेस्रो सोमबार पनि भक्तजनको घुइँचो मन्दिरमा साँझैसम्म देखिन्थ्यो ।
OLYMPUS DIGITAL CAMERAजल चढाउन भक्तजन कास्कीसहित टाढा–टाढाबाट आउने गरेको बोलबम संयोजक शंकर खरालले जनाए । बोलबम कार्यक्रमले केदारेश्वर मन्दिर परिसरमा मेला लागेको भान हुन्छ । जसका कारण कारोबारमा समेत वृद्धि हुने गरेको छ । मन्दिरका पुजारी इन्द्र पौडेलका अनुसार केदारेश्वर मन्दिरमा जल चढाउन र पूजाआजामा सोमबार बिहान ४ देखि साँझ अबेरसम्म भक्तहरु लाइनमै बसेको थिए । बगरस्थित गाइघाटबाट सेतीनदीको जल लिएर केदारेश्वर मन्दिरमा चढाउने कार्यलाई ब्यवस्थित गर्न आयोजक समितिले एक दशकदेखि आयोजकको जिम्मा लिदैआएको छ ।
साउनको महिनालाई भगवान शिवको महिमा मानिने हुँदा भक्तजनहरु उपासना गरी नजिकको पवित्र नदी, कुण्ड तथा तलाउबाट जल उठाएर शिवलिंङ्गमा चढाउने चलन छ । ११ औ संस्करणको बोलबम कार्यक्रममा सोमबार पनि गाइघाटदेखि पञ्चेबाजा, झाँकी र भजनकीर्तनसहित बोलबम ¥याली निकालिएको थियो । गेरुबस्त्र धारण गरेका ¥यालीका सहभागीले भगवान शिवको महिमासम्बन्धी भजनकीर्तन र नाचगान गरी रमाइलो गरेका थिए । शोभायात्रामा भक्तजन सडकमा भजनकीर्तन गर्दै नाचगान गरी मन्दिर पुगेका थिए । भक्तजनले शुक्लागण्डकीमा १०८ धारामा स्नान गरी करीब ८ किलोमिटर पैदलयात्रासहित बैदामस्थित केदारेश्वर मन्दिरमा १०८ शिवलिङ्गमा जलार्पण गर्दै मनोकांक्षा ब्यक्त गर्ने गरेका छन् ।
उता, केदारेश्वर मन्दिर परिसरमा गायक प्रजापति पराजुलीको संयोजकत्वमा दिनभरजसो भजन कीर्तन गरिएको थियो । नेपाल लोकभजन चुड्का संरक्षण समिति, बोलबम भजन, आर्वा भजन, चुरुङ्गा भजन, धर्मजागरण भजन, घार्मी भजन, अन्नपूर्ण भजन, नेपाल मालिका तान्त्रिक परोपकार, फेवा नौमति बाजा, देवीस्थानलगायतको भजन समूहले भजन कीर्तन गरी रमाइलो गरेको मन्दिरका अध्यक्ष सूर्यनाथ अधिकारीले बताए ।
 

कमेन्टहरु
Loading...