विग आईकनले पाईन् पियाजिओ स्कुटर

पोखरा, २१ साउन /सामसुङ ग्यालेक्सी ग्राण्ड विग आईकन २०१३ का विजेता मुस्कान रानाभाटले सोमबार ‘पियाजिओ स्कुटर’ प्राप्त गरेकी छन् । पियाजिओ ब्राण्डका अधिकृत विक्रेता रवी अटोमोबाईल्सले उनलाई स्कुटर प्रदान गरेको हो । रवी अटोमोबाईल्सका प्रबन्ध निर्देशक टिकाकुमारी गुरुङले विग आईकन रानाभाटलाई स्कुटरको चावी हस्तान्तरण गरेका थिए ।
IMG_0299चौथो सँस्करणको विग आईकन मुस्कानलाई उनले आगामी दिनमा अझै बढि सफलता प्राप्त गर्नका लागि शुभकामना समेत दिएकी थिईन् । स्कुटर प्रदानसंगै विग आईकनजस्तो उत्कृष्ट कार्यक्रममा आफ्नो कम्पनीले व्यवसायिक सहकार्य गर्न पाउँदा आफु निकै खुशी भएको उनले प्रतिक्रिया दिईन् । ‘व्यवसायिक रुपमा हाम्रो कम्पनीको ब्राण्डिङ गर्नका लागि विग आईकनले हामीलाई सघाएको छ ।’ उनले भनिन्–‘आगामी विग आईकनमा पनि यो सहकार्यले निरन्तरता पाउनेछ ।’
स्कुटर प्रदान कार्यक्रममा विग एफएमका अध्यक्ष महेश भण्डारीले व्यवसायिक रुपमा सहयोग गरेकोमा रवी अटोमोबाईल्सलाई धन्यवाद प्रकट गरे । ‘हामीलाई माया गरेर हाम्रो ईभेन्टमा सहयोग गर्ने यस्तै मनहरुकै कारण हामीले सफलता प्राप्त गरेका हौँ ।’ उनले भने–‘यस्तै सहयोग र सद्भाव आगामी दिनमा पनि पाउने अपेक्षा गर्छौँ ।’
स्कुटर प्राप्त गरिसकेपछि चौथो विग आईकन रानाभाटले आफुलाई विग आईकनले ठुलो परिचय दिएको बताईन् । ‘म संगीतको सामान्य विद्यार्थी, विग आईकनकै कारण धेरैले चिन्ने भएकी छु ।’ उनले भनिन्–‘त्यसैले विग एफएमप्रति म आभारी नभैरहन सक्दिन ।’ उनले विग आईकन जस्तो ईभेन्टमा सहयोग गरेर त्यसलाई सफल बनाईदिएकोमा सम्पुर्ण व्यवसायिक घराना र रवी अटोमोबाईल्सलाई पनि धन्यवाद दिईन् ।
यो पटकको विग आईकन मुस्कान रानाभाटले पियाजिओ स्कुटरसंगै यूके घुम्ने मौका समेत पाएकी छन् । व्रिटिश कलेजको प्रायोजनमा उनी त्यता जान लागेकी हुन् । ‘उनको भिसा प्रोसेसिङको काम भैरहेको छ ।’ विग एफएमका कार्यक्रम संयोजक संजोग बस्यालले भने–‘अब चाँडै नै उनी घुम्नका लागि यूके जाँदैछिन् ।’

कमेन्टहरु
Loading...