चतरामा ९० जना यात्री चढेको ढुंगा पल्टियो, २० बेपत्ता

विराटनगर, श्रावण २१ – सुनसरीको चतरावाट उदयपुरको सोमबारे घाटतर्फ गइरहेको ढुंगा सोमवार दिउँसो २:५० बजे दुर्घटना हुँदा कम्तिमा २० जना हराइरहेका छन् । प्रहरीले २ महिलाको शव फेला परेको जनाएको छ । रामपुर ठोक्सिलाकी पार्वती खड्काको शव पहिचान भएको छ ।
घटनास्थलमा रहेका सशस्त्र प्रहरी बल ठोक्सिलाका प्रहरी निरीक्षक चक्र थापाका अनुसार ढुंगामा सवार करिव ९० यात्रुमध्ये ७० जना सम्र्पकमा आइसकेका छन् भने २० जना जति हराएको अनुमान छ । ‘अहिल्यै यकिन संख्या भन्न कठिन छ, यात्रुहरुले वताएअनुसार ढुंगामा ९० जना जति रहेका र ७० जना जति वाहिर निस्केका छन्,’ निरीक्षक थापाले भने, ‘४५ बर्ष र ५५ बर्षका दुई महिलाहरुको शव नदीबाट निकालेका छौं ।’
डुंगा पारि पुग्नेबेलामा उत्रनका लागि यात्रुहरु तँछाडमछाड गर्दा डुंगा पल्टेको प्रहरी निरीक्षक  थापाले बताए ।
अहिले स्थानीय बासिन्दा आफन्तहरु, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली नदी किनारामा उद्दारका लागि खटिएका छन् । घटनास्थलमा २० जना सशस्त्र प्रहरी १५ जना नेपाल प्रहरीको टोलीले उद्ार गरिरहेको छ । सुनसरीवाट प्रमुख जिल्ला अधिकारी सहितको सुरक्षा निकायको टोली घटनास्थलतर्फ लागेको छ । थप मद्दतका लागि टोली पठाइएको पुर्व क्षेत्रीय प्रहरी प्रमुख उपेन्द्रकान्त अर्यालले वताए ।
घटनाको थप जानकारी आउन बाँकी छ ।
– See more at: http://www.ekantipur.com/np/2070/4/21/full-story/373458.html#sthash.je5WaMUi.dpuf

कमेन्टहरु
Loading...