रामेछापमा एनसेल मोबाइलको टावरमा सेवा अबरुद्ध भएको छ । नेपाल कम्युनिष्ट पार्टी (विप्लप) समूहले रामेछापको दुर्इ वटा एनसेल मोबाइलको टावरमा क्षति पुर्याएको हो ।
एनसेल एनसेले कम्पनी नेपाली जनताबाट उठाएको रकम सरकारलाई तिर्नुपर्ने कर समेत नतिरी विदेश लाने प्रयास भएको भन्दै एनसेलमाथि कारवाही अभियान चलाएको नेपाल कम्युनिष्ट पार्टीको क्रान्तिकारी जनपरिषद रामेछापका प्रमुख विवेक लामाले बताए ।
एनसेल कम्पनीले राज्यलाई तिर्नुपर्ने ४२ अर्ब भन्दा बढी कर तिर्न बाकीं रहेका छन् । विवेकका अनुसार मंगलबार जिल्लाको रामेछाप नगरपालिकाको भालुखोप डाडा र दोरम्बा गाउँपालिका थापागाउँमा रहेको दुईवटा एनसेल टावरमा क्षति पुर्याइएका छन्