एपीएफ र विराटनगर विजयी

पोखरा असोज ११ गते ।पोखरामा जारि चौथो वाइवाइ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत विहिवारको खेलमा ससस्त्र प्रहरीको एपीएफ र क्षेत्र नम्वर १ विराटनगर विजयी भएका छन् । एपीएफले क्षेत्र नम्वर ५ नेपालगंजलाई ५३ रनले पराजित गरेको हो भने अर्को खेलमा विराटनरले आयोजक क्षेत्र नम्वर ८,पोखरामाथि ४ रनको रोमाञ्चक जित हात पार्यो ।

पोखरा रंगशालामा भएको खेलमा एपीएफले टस जितेर व्याटिङ्ग गर्दै पुरा २० ओभरमा ५ विकेट गुमाएर ९१ रन बनाएको थियो । एपीएफको तर्फबाट सिता रानामगरले ३४ तथा रुविना क्षेत्रीले १५ रनको योगदान दिइन् । नेपालगंजको बलिङ्गतर्फ तृष्ण सिंहले २ तथा सम्झना शर्मा र समना पुनले समान एक एक विकेट लिए ।

जवाफि व्याटिङ्गमा उत्रिएको नेपालगंज ३८ रनमै समेटिएको थियो ।
नेपालगंजलाई सस्तैमा समेटन करुणा भण्डारीले ३ तथा सरिता मगर र सोनु खड्काले दुई दुई विकेट लिए । नेपालगंजको तर्फबाट ममता थापाले १० रन बनाएकि थिइन भने अन्य ब्याट्सम्यानले दोहोरो आंकडाको योगफल तयार पार्न सकेका थिएनन् ।

त्यसैगरि नदिपुरस्थित नगरविकास प्रशिक्षण केन्द्रभित्रको खेल मैदानमा भएको अर्को खेलमा विराटनगरले पोखरालाई ४ रनले पराजित गर्यो । टस जितेर व्याटिङ्ग रोजेको विराटनगरले पुरै २० ओभर खेलेर ८ विकेटको क्षतिमा ६८ रनको योगफल तयार पारेको थियो । विराटनगरको पारीमा रश्मी चौलागाईले ३ चौका प्रहार गर्दै २६ रनको महत्वपूर्ण योगदान दिएकि थिइन् ।

पोखराको बलिङ्गमा आरति विंडारी र प्रज्ञा पोख्रेलले समान दुई दुई विकेट लिए भने आर्या अर्यालले १ विकेट लिएकि थिइन् ।
जितका लागि ६९ रन पछ्याएको पोखरा जितको नजिकै पुगेरपनि पराजयलाई आत्मासाथ गर्यो । पुरै २० ओभर खेलेको पोखराले ८ विकेटको क्षतिमा ६४ रन बनाएको थियो ।

पोखराको व्याटिङ्गमा सुसिला गुरुङ्गले २३ तथा प्रज्ञा पोख्रेलले १५ रन बनाएकि थिइन् । यता, विराटनगरको बलिङ्गमा नेहा कार्की र रश्मी चौलागाईले दुई दुई विकेट आफ्नों नाम गराए । सपना श्रेष्ठले पनि १ विकेट लिएकि थिइन् ।

कमेन्टहरु
Loading...