राप्रपाको बैठकले के के ग¥यो

पोखरा, २१ साउन/राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति कास्कीको आज बसेको विशेष बैठकले जिल्ला कार्य समितिलाई पूर्णता दिएको छ । विशेष बैठकमा जिल्ला अध्यक्ष जे.वी.कुंवर, सचिव भीमराज भण्डारी, क्षेत्रीय अध्यक्षहरु शेषवीर ज.ब.रा., कुल बहादुर गुरुङ्ग ‘कुलु’, पोखरा नगर अध्यक्ष हरि प्रसाद बराल, लेखनाथ नगर अध्यक्ष हेम बहादुर हमाल, क्षेत्र नं. १ का सचिव कृष्ण प्रंसाद रेग्मी, युथ भोलेन्टियर पश्चिमाञ्चलका संयोजक देवेन्द्र किशोर बास्तोला लगायतले पार्टिका बारेमा चर्चा गरेका थिए ।
बैठकले पार्टीको विधानानुसार उपाध्यक्षमा विष्णु प्रसाद पोखरेल र नरहरि तिमिल्सीना, कोषाध्यक्षमा इन्द्र बहादुर भारी तथा प्रवक्तामा नन्द बहादुर गुरुङ्गलाई निर्विरोध चयन गरेको छ । त्यसैगरी सदस्यहरुमा हरिदेवी अधिकारी, गणेश बहादुर ढकाल, पूर्णाखर सुनार, रत्नाखर आचार्य, रीता ठकुरी र कुन्ती गुरुङ्गलाई मनोनीत गरेको छ ।
बैठकले पार्टी क्षेत्र नं. ४ का उपाध्यक्ष दिल बहादुर अधिकारीले पार्टी आचरण र हित विपरीत कार्य गरेको पाईएको हुदाँ पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको छ ।

कमेन्टहरु
Loading...