पशुपतिनाथ वरिपरि गाँजा चरेस प्रतिबन्ध पछि के गर्लान् भक्तहरु

काठमाडाै, २६ माघ । पशुपति क्षेत्रमा गाँजा, लागूपदार्थको प्रयोगमा रोक लगाइएको छ । पशुपति क्षेत्र विकास कोषले यसपालीको महाशिवरात्रिदेखि पाशुपत क्षेत्रमा गाँजा र लागूपदार्थको प्रयोगमा रोक लगाएको छ ।

शिवरात्रिमा आउने दर्शनार्थी, भक्तजन, साधु, सन्त, योगी, सन्यासी कसैले पनि गाँजाको प्रयोग गरेको पाइए कारबाही गरिने कोषले जनाएको छ ।

विगतमा शिवरात्रीका दिन पशुपति क्षेत्रमा गाँजा, भाङ धतुरो लगायत लागूपदार्थको प्रयोग र विक्री वितरण अत्याधिक हुँदै आएको छ ।

शिवरात्री आउन ३ दिनमात्र बाँकी रहँदा पशुपति क्षेत्रको सरसफाई तथा पुनर्निर्माणको कामलाई तिब्रता दिइएको कोषले जनाएको छ

कमेन्टहरु
Loading...