बर्डफ्लुले १८ दिनमा ६ करोड क्षति, खसी र माछा महँगियो

२१ साउन, काठमाण्डौं । बर्डफ्लुको संक्रमण बढेपछि पछिल्ला १८ दिनमा ५ करोड ८५ लाख रकमबराबरका कुखुरा नष्ट गरिएका छन् । साउन २ देखि २० गतेसम्म १ लाख २३ हजार। १ सय ८८ कुखुरा नष्ट गरिएको पशुस्वास्थ्य निर्देशनालयले जनाएको छ । यो ०६५ सालयताकै धेरै हो ।
birdflueआइतबार भत्तपुरका तीन स्थानमा थप (आउटब्रेक) सहित साउनमा मात्रै देशभरका ३२ स्थानमा संक्रमण फेला परिसकेको निर्देशनालयका निर्देशक विजयकान्त झाले बताए । ‘कृषकको ठूलो क्षति भएको छ तर, कुखुराबाट मानिसमा सर्ने भएकाले मानवीय क्षति नहोस् भनेर रोग नियन्त्रण अभियान तीब्र पारुएिको छ,’ उनले भने ।
सरकारी निगरानी टोलीले बर्डफ्लु पुष्टि भएका कुखुरा, अण्डा र दाना सम्पूर्ण रुपमा नष्ट गर्ने गरेको छ । यो अवधिमा ४८ हजार ३ सय २९ वयस्क प्यारेन्ट जातका कुखुरा नष्ट गरिएको छ, जसको बजार मूल्य ४ करोड २५ लाख बराबर हुन्छ । प्रतिकुखुरा औसतमा चार किलो तौल रहने प्यारेन्टको बजार मूल्य बुधबार अघिसम्म प्रतिकिलो २ सय २० रुपैयाँ थियो ।
९५ प्रतिशत पसल बन्द
पंक्षीजन्य बस्तु ओसारपसारमा रोक लगाइएपछि उपत्यकाका ९५ प्रतिशत मासु पसल बन्द भएका छन् । कुखुरा व्यवसायी महासंघका अनुसार केही पसलले स्टकमा रहेको मासु बेच्दै आए पनि ताजा मासु बेच्ने अधिकांश पसल बन्द भएका कारोबार दैनिकमा खबर छ ।
खसी र माछा महँगियो
बर्डफ्लुका कारण कुखुरा ओसारपसारमा प्रतिबन्ध लागेपछि उपत्यकामा खसीको मासु र माछाको मूल्य उच्च वृद्धि भएको छ । खसीको मासु र माछाको खपत पनि ह्वात्तै बढेको छ । नेपाल माछामासु व्यवसायी संघका अनुसार कुखुराको मासु अभाव भएपछि खसीको मासु प्रतिकिलो मूल्यमा एकसय २५ रुपैयाँ वृद्धि भएको छ । यसअघि खसीको मासु प्रतिकिलो ८ सय २५ रुपैयाँमा बिक्री गरिरहेका छन् यसअघि खसीको मासुमो उपभोक्ता मुल्य सात सय रुपैयाँ प्रतिकिलो थियो ।
त्यस्तै व्यवसायीले माछाको प्रतिकिलोमा सय रुपैयाँ वृद्धि गरेका छन् । दुई सय ५० रुपैयाँ प्रतिकिलो पर्ने माछा अहिले तीन सय ५० रुपैयाँ पुगेको छ । cp. onlinekhabar.com

कमेन्टहरु
Loading...