बिहीबारबाट आकाश खुल्ने

काठमाडौं, माघ २४। मंगलबार र बुधबार नेपालभर बदली भएपनि बिहीबारबाट मौसममा सुधार हुने देखिएको छ।

पश्चिमी वायु न्युन चापीय प्रणाली विकासको विकास र अरब सागर उत्पन्न गरेको बादलले देशभरको आकाश ढाकिए पनि बिहीबारबाट मौमसमा सुधार हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

‘देशभर नै बदली भएपनि पानी पर्ने संभावना भने छैन । दिउँसोतिर घाम देखिएपनि चहकिलो लाग्ने छैन,’ मौसमविद् वरुण पौडेलले भने, ‘बिहीबारबाट आकाश खुल्ने छ ।’ बिहान न्युनमत तापक्रम ६ डिग्री रहेको र अधिक्तम तापक्रम २२ डिग्री सेल्सियससम्म पुग्ने बताए। पछिल्लो समयमा तातो बढ्दै गएर २४ डिग्रीसम्म पुगेको थियो ।

कमेन्टहरु
Loading...