अस्पताल बिरुद्ध आन्दोलनको घोषणा

पोखरा, २० साउन/दोरोहो शल्यक्रियाबाट सुत्केरीको ज्यान गएपछि पिडित परिवारले अस्पताल बिरुद्धनै आन्दोलनको घोषणा गरेका छन् । आक्रोशित आफन्तहरुले पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल विरुद्ध आन्दोलनको घोषणा गरेका हुन् ।
साउन १७ गते शल्यक्रियापछि छोरा जन्माएकी पोखरा मालेपाटनकी ममता गुरुङको दोश्रो पटकको शल्यक्रियामा ज्यान गएको थियो । चिकित्सकको लापरवाहीले सुत्केरीको ज्यान गएको भन्दै पिडीत परिवारले संघर्ष समिति नै गठन गरी अस्पताल बिरुद्ध आन्दोलनको घोषणा गरेका हुन् ।
उपचारमा संलग्न दोषी चिकित्सक तथा कर्मचारीलाई कारवाही गर्न अस्पताल प्रशासनले चासो नदेखाएकाले बाध्य भएर आन्दोलनमा उत्रनुपरेकोे मृतकका श्रीमान प्रमोदले बताउनुभयो । पहिलो शल्यक्रिया मार्फत छोरा जन्माएकी ममता गुरुङको स्वास्थ्य अवस्था सामान्य हुँदाहुँदै पनि चिकित्सकले जबरजस्ती दोस्रो शल्यक्रिया गरेको पिपिडतको आरोप छ ।
मृतकका आफन्तले अस्पताल प्रशासनमा तालाबन्दी गर्ने, पोखरामा चक्काजाम र मेडिकल सुपरिटेण्डेण्टको पुत्ला जलाउने बताएका छन् । आना माग सुनुवाई नभए साउन २२ गते पोखरा बन्दको घोषणा गरिएको ममता गुरुङ संघर्ष समितिका संयोजक आन्दोलनको नेतृत्व तमु धिं नेपालका महासचिव देविराज तमुले बताउनुभयो । माग सुनुवाई नभएसम्म मृतकको शव नउठाउने आफन्तले अडान लिएका छन् ।
यसअघि घटनाको सत्यतथ्य पत्ता लगाउनका लागि कास्कीका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा छानविन समिति गठन गरिएको थियो । छानविन समितिले राम्रोसँग काम नगरेको र मेडिकल सुपरिटेण्डेण्टले घटनाका बारेमा वेवास्ता गरेको पीडित आफन्तहरुले आरोप लगाएका छन् । सुत्केरीको ज्यान गएपछि आफन्तको प्रदर्शनका कारण अस्पतालमा दिनहुँजसो तनाव हुने गरेको छ ।
तर अस्पतालले आज बिज्ञप्ती निकाली पिडित पक्षलाई कानुनी बाटो अबलम्बन गर्न आग्रह गरेको छ । गठित छानबिन समितिको परिणामलाई स्विकार गरी सोहि अनुसार अघि बढ्न अस्पताल प्रशासन तयार रहेको अस्पतालका मेडिकल सुपरिटेण्डेड डा. बुद्धी बहादुर थापाद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ ।
त्यस्तै स्वास्थ्यसंग सम्बन्धित बिभिन्न ६ वटा ट्रेड युनियनले संयुक्त बिज्ञप्ती निकालेर उपचारको क्रममा सुत्केरीको ज्यान गएको प्रति दुख ब्क्त गर्दै कानुन अनुसार अघि बढ्न सम्बन्धित पक्षलाई अपिल गरेको छ । सहमतिको लागि बिभिन्न सारोकारवाला पक्षबिच पटकपटक भएका बार्ता र छलफल बिना निश्कर्ष सकिने गरेको छ । आज पनि समस्या समाधानको लागि प्रयास भैरहेको बताईएको छ ।

कमेन्टहरु
Loading...