नयाँ समितिको खारेज गर्न माग गर्दै पुराना यातायात व्यवसायी आन्दोलित

पोखरा, साउन २०/नयाँ दर्ता भएको बिन्ध्यवासिनी यातायात व्यवसायी समिति खारेजीको माग गर्दै पुराना यातायात व्यवसायीले आइतवारदेखि पोखरामा आन्दोलनका कार्यक्रमहरु अगाडी सारेका छन । बिन्ध्यवासिनी यातायात ब्यवशायी समितिको खारेजीको माग गर्दै ब्यवशायीहरुले आइतबार पोखराका मुख्य मुख्य चोकहरुमा चक्काजामको आयोजना गरेका हुन ।
ब्यवशायीहरुले पोखराको पृथ्वीचोक, चिप्लेढुङा, महेन्द्रपुल , अमरसिंहचोक लगाएतका क्षेत्रमा सवारी साधन तेस्र्याइ चक्काजाम गरेका हुन । गत कार्तिक १४ गते जिल्ला प्रशासन कार्यालय कास्कीमा दर्ता भई पोखरामा नयाँ बस चलाउने अनुमति पाएको विन्ध्यवासिनी यातायात व्यवसायी समिति खारेजीको माग गर्दै अन्य व्यवसायीले आन्दोलन सुरु गरेका हुन् । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघको अगुवाईमा पोखरामा आइतवार बिहान ११ बजेदेखि १२ बजेसम्म एकघण्टा चक्काजाम गरेका हुन ।
चक्काजामका कारण बिहान पोखराको ट्राफिक व्यवस्थापन प्रभावित भएको थियो । व्यवसायीहरुले साउन २३ गते कास्की जिल्ला छिर्ने सबै नाका बन्द गर्ने र माग पुरा नभए गण्डकी अञ्चल ठप्प पार्नेसम्मको आन्दोलन गर्ने चेतावनी दिएका छन् । साउन २९ र ३० गते कास्की जिल्ला बन्द गर्ने र साउन ३१ गतेदेखि अनिश्चितकालिन गण्डकी अञ्चल बन्द गर्ने कार्यक्रम तय गरिएको नेपाल राष्ट्रिय यातायात व्यवसायी समिति गण्डकीका सहसंयोजक महाप्रसाद सुबेदीले बताउनुभयो । पोखरामा दर्ता भएर पनि रुट ईजाजत नपाउदा बस संचालन गर्न नपाएको विन्ध्यवासिनी यातायात व्यवसायी समितिले चाहि जसरी भएपनि पोखरामा गाडी संचालन गरेरै छाड्ने बताएको छ । समितिले १० वटा एसीजडित बस पोखरा भित्रयाईसकेको छ भने करिब ५० वटा बस भित्रयाउने तयारी गरिरहेको छ ।

कमेन्टहरु
Loading...