निगमले अचानक किन माग्यो बुढीगण्डकी आयोजनाको सेयर ?

काठमाडौं, माघ २० ।  नेपाल आयल निगमले बूढीगण्डकी जलविद्युत आयोजनामा २५ प्रतिशत सेयर माग गरेको छ ।

उसले मासिक ७०/८० करोड रुपैयाँ संकलन गरेकाले बूढीगण्डकी संस्थागत सेयर माग गरेको जनाएको छ । आजको कान्तिपुरको अर्थ वाणिज्य पृष्ठमा यो खबर छापिएको छ ।

निगमका कार्यबाहक कार्यकारी निर्देशक सुशील भट्टराईले जलविद्युत आयोजनाका लागि वार्षिक १० अर्ब रुपैयाँभन्दा बढी संकलन गरी सरकारलाई बुझाउँदै आएको बताए ।

उनले भने, ‘दस बर्षको अवधिमा आयोजनाको लागतको करिब ५० प्रतिशत रकमको जोहो निगमले नै गर्न सक्छ । यही आधारमा निगमलाई पनि सेयर दिनुपर्छ भन्ने हाम्रो भनाइ हो ।’

कमेन्टहरु
Loading...