माओवादीलाई उच्चस्तरीय समितिको अर्को पत्र, सरकार र समिति दुवैसँग वार्ता हुने

काठमाडौं– उच्स्तरिय राजनीतिक समितिका संयोजक पुष्पकमल दाहालले नेकपा–माओवादीलाई वार्तामा आउन फेरि पत्राचार गरेका छन्। शनिबार बसेको समितिको बैठकले वैद्य नेतृत्वको ३३ दलिय मोर्चालाई वार्तामा बोलाउन पुनः पत्र लेख्ने निर्णय गरेको थियो।
संयन्त्रका संयोजक पुष्पकमल दाहालले आज बिहान ८:३० बजे बैद्यलाई पत्र पठाएको स्रोतले बतायो। पत्रमा राजनीतिक निकास दिनको लागि नेकपा–माओवादी नेतृत्वको ३३ दलिय मोर्चालाई बर्तामा आउनको लागि आब्हान गरिन्छ भन्ने उल्लेख गरिएको स्रोतले बतायो। यस भन्दा अगाडि लेखिएको पत्रमा मोर्चाले ‘दोस्रो संविधानसभा निर्वाचनको बारेमा छलफल’ भन्ने बाक्यप्रति आपत्ति जानाउँदै विनासर्त वार्तामा बोलाउनु पर्ने अडान राखेको थियो।
संयन्त्रका संयोजक दाहालले लेखेको पत्र नेकपा–माओवादीको केन्द्रीय कार्यलय बुद्धनगरमा बुझाइ सकिएको छ। दाहालको निजी सचिवालयका सदस्य शिव खकुरेल दाहाललको पत्र लिएर बैद्य माओवादीको कार्यलयमा पुगेका थिए।दाहालको पत्र प्राप्त भएको पुष्टि गर्दै माओवादीले छिटै वार्तामा बस्ने जनाएको छ। ‘बिना सर्त वार्तामा बोलाउनुलाई हामीले सकारात्मक रुपमा लिएका छौं’, माओवादी प्रवक्ता पम्फा भुसालले नागरिकन्युजसँग भनिन्- ‘३३ दलको बैठकपछि वार्तामा जान्छौं।’ भुसालले सरकार र संयन्त्र दुवै पक्षसँग वार्तामा बस्ने जानकारी दिइन्।

– See more at: http://www.nagariknews.com/politics/party-politics/story/5281#sthash.QnlSsGVA.dpuf

कमेन्टहरु
Loading...