झाडापखाला बालबालिका विकासको बाधक : अनुसन्धान

काठमाडौं- नेपालमा झाडापखला सामान्य रोगको रुपमा रहेको छ। तर यही झाडापखला बालबालिकाको शारीरिक विकासको गम्भीर बाधक रहेको एक अनुसन्धानले औंल्याएको छ।  नेपाल सहितका मुलुक गरिएको अध्ययनले सफा पानी र साबुनले बालबालिकाको शारीरिक विकासमा महत्वपूर्ण सहयोग पुग्ने पनि देखाएको छ। अनुसन्धान तथ्यांकले सफा घरमा हुर्किएको पाँच वर्षको बच्चाको उचाई ०.५ सेन्टिमिटरसम्म पाइएको देखायो।
लण्डल स्कूल अफ हाइजिन एण्ड ट्रपिकल मेडिसिन र इन्टरनेशनल च्यारटी वाटरएडको समन्वयमा दश हजार बालबालिकामाथि १४ वटा विषयमा केन्द्रित भएर यो अनुसन्धान गरिएको थियो।

नेपाल, बंगलादेश, इथियोपिया, नाइजेरिया, चिली, ग्वाटेमाला, पाकिस्तान, दक्षिण अफ्रिका, केन्या र कम्बोडियाका बालबालिका अध्ययनमा सहभागी थिए। अहिले पनि विश्वका २६.५० करोड बालबालिका शारीरिक विकासका लागि संघर्षरत छन्। शारीरिक विकासको दृष्टिले नेपाली बालबालिकाको अवस्था बलियो छैन।  झाडापखला, हैजा जस्ता रोगकै कारण वर्षेनी हजारौं बालबालिकाको मृत्यु भइरहेको छ।

‘सफा पानीले बालबालिकाको शारीरिक विकसमा थोरै तर महत्वपूर्ण भूमिका खेल्छ’, रिपोर्टले औंल्याएको छ- ‘फोहोर पानीले बालवालिकालाई झाडापखला हुने खतरा रहन्छ जसले उसको शारीरिक विकासमा नराम्रो असर पर्छ।’ अनुसन्धानले बाल्य अवस्थामा बारम्बार विरामी हुँदा विकासमा असर पर्ने कुरालाई महत्वका साथ उठाएको छ। अनुसन्धानमा सहभागी चिकित्सकले आधा सेन्टिमिटर उचाई धेरै नभए पनि यसले बालवालिकाको वृद्धिमा १५ प्रतिशतसम्म कमी ल्याउन सक्ने बताएका छन्।
विश्व स्वास्थ्य संगठनमा पोषण निर्देशक डा.फ्रासेस्को ब्राका यो नयाँ तथ्यले बालवालिकाको क्षेत्रमा नयाँ तरिकाबाट काम गर्नु पर्ने अवस्था आएको बताउँछन्। विश्व स्वास्थ्य संगठनका अनुसार उचाइ नबढ्ने, तौलमा कमी हुने समस्याबाट विश्वभर १६.५ करोड बालबालिका प्रभावित छन्। पाँच वर्ष पुग्नुभन्दा पहिलै हरेक वर्ष विश्वमा कुपोषणका कारण ३० लाख भन्दा बढी बालबालिकाको मृत्यु हुने गरेको छ।
(एजेन्सीको सहयोगमा)

– See more at: http://www.nagariknews.com/main-story/story/5285#sthash.NRANmrqn.dpuf

कमेन्टहरु
Loading...