काठमाडौँ, माघ १५ । कञ्चनपुरको बेलौरीमा सडक फराकिलो बनाउने कार्यमा भारतीय सीमा सुरक्षा बल एसएसबीले अवरोध गरेपछि तनाव भएको छ । भारतको सीमासँग जोडिएको सडकघाटको नेपाली भूमिमै बाटो फराकिलो बनाउँदा एसएसबीले अवरोध गरेको हो ।
नगरपालिकाको सहयोगमा बेलैरी नगरपालिका १० सडकघाटमा स्थानीयले सडक फराकिलो पार्न लागेपछि विवाद भएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले बताए ।
स्थानीयले नेपाली भूमीमा सडक बनाउन नदिने भारतीय प्रहरीका विरुद्ध नारावाजी गरिरहेका छन् । विगतमा झै विवादले उग्ररुप लिने आशंकामा यस क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
यसअघि गतसाल फागुनमा पनि कञ्चनपुरकै पुनर्बास गाविसस्थित सीमा क्षेत्रमै सीमा स्तम्भ र कल्भर्ट निर्माणबारे विवाद हुँदा एसएसबीको गोली लागी गोविन्द गौतमको मृत्यु भएको थियो