चिसा खोला वेद विद्याश्रमका पूर्व प्रधानध्यापकको निधन

पोखरा, १३ माघ/पोखरा लेखनाथ महानगरपालिका २४ निवसी पोखरा चिसाखोला वेद विद्याश्रमका आजीवन सदस्य एवं पूर्व प्रधानाध्यापक कृष्णप्रसाद तिमिल्सिना (उपाध्यय) को शुक्रबार निधान भएको छ ।

७३ वर्षको उमेरमा उनको निवास मै निधन भएको हो । उनी विभिन्न सामाजीक सघसस्थामा सक्रिय रहदै आएका थिए । उनलको शुक्रबार नै हेम्जास्थीत सेती नदिमा दाहासंस्कार गरिएको छ । उनलका ४ छोरा, १ छोरी र १ श्रीमती छन् ।

उपाध्ययले वेद विद्याश्रममा विसं. २०६३ देखि २०६५ सम्म प्रधानाध्यापक भएर संस्कृत भाषा, संस्कृत व्यकरण, कर्मकाण्ड, नेपाली विषय अध्यापन गराई सेवा गरेको भन्दै शुक्रबार नै विद्याश्रममा शोकसभा गरेको जनाएको छ । वेद विद्याश्रमको आजीवन सदस्य भएर भौतिक, आर्थिक र शैक्षिक विकासमा अतुलनिय सेवा रहेको विद्याश्रमले जनाएको छ ।

कमेन्टहरु
Loading...