लेखीको पार्टीले चुनावमा भाग नलिने

१९ साउन, काठमाडौं । जनजाति महासंघका पूर्व अध्यक्ष राजकुमार लेखीको पार्टी राष्टिय नागरिक पार्टी आगामी चुनावमा सहभागी नहुने भएको छ । केन्द्रीय भेलाको निर्णय सार्वजनिक गर्न शनिबार काठमाडौमा भएको कार्यक्रममा अध्यक्ष राजकुमार लेखीले भन्नुभयो-’मंसीर ४ गते संविधानसभाको निर्वाचन गर्नैपर्छ तर राष्टिय नागरिक पार्टी सहभागी बन्दैन । यसको मतलब हामी चुनाव बहिष्कार गर्छौं भन्ने होइन ।’
जनतासँग बसेर लोकतान्त्रिक प्रतिपक्षीको भूमिका निर्वाह गर्ने भन्दै उहाँले भन्नुभयो-’चुनावमा भाग नलिएर जनतामाझ बस्ने लोकतान्त्रिक र नागरिकमुखी प्रतिपक्षी दलको पनि देशलाई आवश्यकता छ । यो आवश्यकता पूरा गर्न हाम्रो पार्टी चुनावमा सहभागी नबनेर त्यागको राजनीति गर्न चाहन्छ ।’
विद्यार्थीलाई मोबाइल फोन कल, डाटा र इन्टरनेटमा विशेष छुट दिनुपर्ने, हरेक विद्यार्थीलाई एउटा ट्याब्लेट पीसी निशुल्क दिनुपर्ने, इन्टरनेटलाई आधारभूत आवश्यकता घोषणा गर्नुपर्ने लगायतका माग अघि पारेको छ । कृषि ऋणलाई वैज्ञानिक बनाउनुपर्ने, बोर्डिङ स्कूलका अभिभावकलाई संगठित गर्दै शिक्षामा भइरहेको ठगी नियन्त्रण गर्नुपर्ने पार्टीका मागब पनि रहेको केन्द्रीय सदस्य विश्वप्रकाश शर्मा (लेखनाथ) ले जानकारी दिनुभयो ।
इन्टरनेटलाई आधारभूत आवश्यकता घोषणा गरिनुपर्ने र विद्यार्थीलाई कल, डाटा र इन्टरनेटमा छुट दिनुपर्ने मागलाई समर्थन गर्दै बनेको इन्टरनेट युथ सर्कलका अध्यक्ष अनोज गिरीले यस्ता माग पूरा गराउन विद्यार्थीले शान्तिपूर्ण आन्दोलन थालनी गर्ने घोषणा गर्नुभयो । cp. onlinekhabar.com

कमेन्टहरु
Loading...