बृद्ध भत्ता पाउने उमेर ५ वर्ष घट्यो

काठमाडौं, ११ माघ- शेरबहादुर देउवा नेतृत्वको सरकारले ज्येष्ठ नागरिकको उमेर हद घटाउँदै ६५ वर्षमै बृद्धभत्ता दिने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार साँझ बसेको मन्त्रिपरिषद वैठकले यस्तो निर्णय गरेको हो ।

यस अघि ज्येष्ठ नागरिकले ७० वर्षमा बृद्धभत्ता पाउने गरेका थिए । नेकपा एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारीको नेतृत्वको सरकाले २०५१ सालमा जेष्ठ नागरिकलाई सामाजिक सुरक्षा दिने पहिलो निर्णय गरेको थियो ।

त्यसैगरी सरकारले राहत तथा अनुदान रकम पनि बढाएको छ । भूकम्प, बाढी पीडितहरुलाई दिँदै आएको अनुदान रकम बढाउने निर्णय गरेको हो । सरकारले भूकम्प तथा बाढी पीडितहरुलाई अनुदान स्वरुप दिँदै आएको मध्येमा १ लाख थप गर्ने निर्णय गरेको छ ।

कमेन्टहरु
Loading...