ने.वि.संघ गुप्तेश्वर र जनज्योती क्लबको संयुक्त वृक्षारोपण

साउन १९,पोखरा/नेपाल विद्याथी संघ गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस इकाई कमिटी र स्थानीय श्री जनज्योती क्लबको संयुक्त आयोजनामा कास्की जिल्लाको पुम्दी भुम्दी गा.वि.स. वडा नं ४ मा रहेको भुनकोखोरीया बनभोज स्थलमा शनिवार एक कार्यक्रमको बिच झन्डै १५ सय विरुवा रोपिएको छ । कार्यक्रमका प्रमुख अतिथी तथा नेपाली कांग्रसका पुर्वआमन्त्रित केन्द्रिय सदस्य शुक्रराज शर्माले ने.वि.संघ गुप्तेश्वरले गरेको यस वृक्षारोपण कार्यक्रम अत्यन्तै सहनीय भएको र यसबाट सबैले पाठ सिक्नुपर्ने बताउनुभयो ।
कार्यक्रमका विशेष अतिथी तथा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनीधी देवराज चालीसेले मौसमी परिवर्तनका कारण विभिन्न समस्या उत्पन्न हुन लागीरहेको अहिलेको अवस्थामा वृक्षारोपण गरिनु राम्रो काम भएको तर यसको सँगसँगै रोपीएका विरुवाको संरक्षण गर्नु चुनौती पनि रहेको र सबै मिलेर संरक्षण गरी सो ठाँउलाई हराभरा बनाउन आग्रह गर्नुभयो । नेपाली कांगे्रस कास्कीका सचिव युवराज कुँवरले नेपालमा यदी साच्चिकै संविधान बनाउने हो भन्ने नेपाली कांगे्रसलाई जिताउनपर्ने बताउनुभयो ।
नेपाल विद्यार्थी संघ गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसका सभापती तथा उक्त वृक्षारोपण कार्यक्रमका सभापती खुसीराम बरालले इतिहास बोकेर हिडने चिज नभई त्यसबाट पाठ सिक्नुपर्ने बताउदै आफुहरु लाई वि.पी.को पार्टीको भातृसस्था भएकोमा गर्व भएको तर घमण्ड भने नभएको र जलबायु परिवर्तनको यस अवस्थामा ने.वि.संघको केही सिर्जनात्मक भुमीकाको महसुस गरी वृक्षरोपण कार्यक्रम आयोजना गरेको बताउदै ने.वि.संघको महाधिवेसनको मिती सार्वजनीक भइसकेको अवस्थामा पनि महाधिवेशनको वातावरण नबनेको हुँदा नेपाली कांगे्रसका अग्रजहरुलाई महाधिवेशन सफल पार्न अभिभावकको भुमीका निर्वाह गरिदिन पनि आग्रह गर्नुभयो ।
ने.वि.संघ गुप्तेश्वरका सचिव सुजन न्यौपाने द्धारा सञ्चाली उक्त कार्यक्रममा खेमराज पौडेल,डेकनारायण बराल,कृष्णप्रसाद बराल,राजबहादुर गुरुङ्ग,हामेप्रसाद बराल,सुसील पौडेल,प्रकास बराल,झलक बराल लगायतले आ–आफ्नो भनाई राख्नुभएको थियो । सो कार्यक्रममा नेपाली कांगेस नेपाल विद्यार्थी संघ तथा स्थानीय बासीन्दाको उल्लेखीय उपस्थिती रहेको थियो ।

कमेन्टहरु
Loading...