राष्ट्रपतिले अनावरण गरेको स्तम्भ देखेर उपराष्ट्रपति चिन्तित, पूर्व राजामहाराजा सम्भिmए उपराष्ट्रपतिले

ओम हमाल /गणतान्त्रिक नेपालका प्रथम राष्ट्रपति डा. रामबरण यादवले अनावरण गरेको पोखराको पृथ्वीनारायण बहुमुखी क्याम्पस हाताभित्र निर्मित क्याम्पसको स्मृति स्तम्भ देखेर उपराष्ट्रपति परमानन्द झा चिन्तित बनेका छन् । त्यति मात्र हैन, उनले सो स्तम्भको अवस्था देखेर पूर्व राजामहाराजाहरुलाई पनि सम्भिmए ।
पृथ्वीनारायण बहुमुखी क्याम्पस पोखराको स्वर्ण जयन्तीको अवसरमा निर्माण गरिएको स्मृति स्तम्भको आजभन्दा करीब तीन वर्षअघि अर्थात् २०६७ साल असोज २ गते राष्ट्रपति डा. यादवले अनावरण गरेका थिए । सो क्याम्पसका एक मात्र संस्थापक जोर्ज जोनको शैक्षिक एव्र सामाजिक योगदानको कामलाई शिक्षाको रुपमा प्रचारप्रसार गर्न गठित जोर्ज जोन शिक्षा प्रतिष्ठानद्वारा सोही क्याम्पस हातामा निर्मित घण्टाघरको उद्घाटन गर्न पुगेका उपराष्ट्रपति झाले राष्ट्रपति डा. रामवरण यादवद्वारा अनावरण गरिएको स्मृति स्तम्भको अवस्था देखेर चिन्ता प्रकट गरे ।
तीन वर्ष नहुँदै मर्मत सम्भारको अभावमा भत्किने अवस्थामा रही जीर्ण भएको तथा झारपात पलाएको उक्त स्तम्भप्रति इंगित गर्दै कार्यक्रममा उपराष्ट्रपति झाले अघि भने, ” हालै मात्र निर्मित स्मृति स्तम्भ दुःखदायी अवस्थामा देखें । कुनै पनि वस्तु सृजना गर्दैमा सबैथोक पाइन्छ भन्ने कुरा हैन । निर्मित संरचनाको संरक्षण पनि गर्दै जानुपर्छ । अनि मात्र नयाँ नेपालको परिकल्पना पूरा हुन सक्छ ।”

कमेन्टहरु
Loading...