पश्चिमाञ्चलमा आपराधिक घटना बढ्यो

पोखरा १८ साउन । पश्चिमाञ्चलमा अपराधिक घटनामा बृद्धि भएको छ । यस क्षेत्रमा एक बर्षमा ३ सय ५२ आपराधिक घटना बढेका छन् ।अघिल्लो बर्षको तुलनामा गत आर्थिक बर्षमा आपराधिक घटनामा बृद्धि भएको पश्चिम क्षेत्रिय प्रहरी कार्यालय पोखराले जनाएको छ । आर्थिक बर्ष ०६८÷६९ मा बिभिन्न प्रकृतिका चार हजार ३३ घटना भएकोमा गएको आर्थिक बर्ष ०६९÷७० मा बढेर ४ हजार ३ सय ८५ पुगेको छ । तथ्याङक अनुसार आर्थिक बर्ष ०६७÷६८ मा ३ हजार ६ सय दुई आपराधिक भएका भएका थिए ।
IMG_4706यसमा सामाजिक अपराध र महिला तथा बालबालिका सम्बन्धि घटनाको दर बढी छ । सामाजिक अपराध ३० दशमलब १८ प्रतिशतले बढेको छ भने २८ दशमलब ५७ प्रतिशतले महिला बालबालिका सम्बन्धि घटनामा बृद्धि भएको छ । तर आत्माहत्या र सवारी ज्यान सम्बन्धि घटनामा कमी आएको प्रहरी नाायब महानिरिक्षक सुरेन्द्र बहादुर शाहले बताए ।
गएको एक बर्षमा भएका ४ हजार ३ सय ८५ घटनामा ५ हजार ७१ जना पक्राउ परेको र त्यी मध्य ४ सय ५६ महिला रहेका छन् । बिशेष गरी १७ देखि २५ बर्ष उमेर समुहका युवाहरु अपराधमा संलग्न रहेको प्रहरीको तथ्याङकले देखाएको छ । १६ बर्ष मुनी उमेर समुहको अपराधमा संलग्नता न्युन रहेको छ । अपराधिक घटनामा संलग्न मध्य २६ देखि ३५ बर्ष उमेर समुहका २८ दशमलब ८८ प्रतिशत रहेका छन् ।
पश्चिम क्षेत्रिय प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक शाहले जनसंख्या, बस्ती बिकास र अपराधको आधारमा प्रहरीमा पुनसंरचना गर्नुपर्ने बताए । प्रहरीको आन्तरिक आचरण सुधार, गुण्डागर्दी , तस्करी नियन्त्रण र निश्पक्षक पारदर्शी सेवा आफ्नो प्रतिबद्धता रहेको उनले बताए । पश्चिमाञ्चलको पहाडी क्षेत्रमा बढी आपराधिक घटना भएका छन् । त्यसपछि तराइ र हिमाली क्षेत्रमा कम आपराधिक घटना भएको छ ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार यस क्षेत्रमा एउटा प्रहरीले ४ सय ५७ जनाको सुरक्षा गर्नुपर्ने अबस्था छ । यस क्षेत्रमा प्रहरी दरबन्दी कुल १० हजार ७ सय ८३ रहेको छ । जनसंख्याको अनुपातमा प्रहरी दरबन्दी नहुदा अपराधिक घटनामा बृद्धि भएको बिषलेशण पनि गरिएको छ । पत्रकार सम्मेलनमा बोल्दै कास्की प्रहरी प्रबक्ता प्रहरी नायब उपरिक्षक सन्तोष खड्काले लेकसाईडलाई २४ सै घण्टा खुल्ला गर्नको लागि पर्यटन ब्यबशायी संग छलफल भैरहेको बताए ।

कमेन्टहरु
Loading...