कास्कीमा वल्र्ड भिजनले अव के गर्छ े

पोखरा, १८ साउन /वल्र्ड भिजन इन्टरनेशनल नेपालले कास्की जिल्लामा सञ्चालन गरेको क्षेत्रबिकास र जीवीकोपार्जन तथा शिक्षा परियोजना लगायतका कार्यक्रमहरु सकिएको जानकारी गराइएको छ । वल्र्ड भिजनका पश्चिमाञ्चल क्षेत्रीय व्यबस्थापक अनुप रानाले शुक्रबार पोखराको एक कार्यक्रममा कास्कीमा वल्र्ड भिजनद्वारा सञ्चालित क्षेत्रबिकास अन्तरगतका जीवीकोपार्जन र शिक्षा परियोजना लगायतका कार्यक्रमहरु सकिएको औपचारिक घोषणा गरेका हुन ।
सन २००१ को अगष्ट महिनादेखि कास्कीको लेखनाथ नगरपालिकामा र सो नगरपालिकासंग जोडिएको पाँच गाबिसहरुमा वल्र्डभिजनले स्थानीय निकायहरुको सहकार्यमा क्षेत्रबिकास अन्तरगत जीबिकोपार्जन, शिक्षा परियोजना लगायतका अन्य कार्यक्रमहरु सञ्चालन गरेको थियो । वल्र्ड भिजनले कास्कीको लेखनाथको सवै वडा र छिमेकी गाबिस माझठाना, रुपाकोट, थुम्की, हंशपुर र कालिका गाबिसलाई आफ्नो लक्षित क्षेत्र बनाई क्षेत्रबिकासका स्थानीय क्षेत्र र सो क्षेत्रका नागरिकहरुका लागि बिभिन्न उपयोगी कार्यक्रमहरु सञ्चालन गर्दै आएको थियो ।
वल्र्ड भिजनद्वारा सञ्चालित क्षेत्रबिकास कार्यक्रम अन्तरगत जीवीकोपार्जन परियोजनामा लक्षित क्षेत्रभित्र कृषकहरुलाई अर्गानिक कृषि सम्बन्धि बिभिन्न तालिमहरु, माटो परीक्षण, बाली शिबिर, कृषक समूहहरुको लेखा तालिम, साना किसान कृषि सहकारी संस्थाहरुसंग साझेदारीका आधारमा बिभिन्न कार्यक्रमहरु सञ्चालन गरेको थियो ।
वल्र्ड भिजन ईन्टरनेशनलले नेष्टको सहकार्यमा सो लक्षित क्षेत्रमा साना किसान कृषि सहकारी मार्फत गोठ सुधार, प्लाष्टिक बितरण, तरकारी क्रेट बितरण र अन्य तालिमका कार्यक्रमहरु समेत सञ्चालन गर्दै आएको थियो ।
त्यस्तै, वल्र्ड भिजनद्वारा शिक्षा परियोजना मार्फत मानवीय श्रोत बिकास केन्द्रको सहकार्यमा कास्कीको लक्षित क्षेत्रको २३ सामुदायिक बिद्यालयहरुमा बालमैत्रीपूर्ण तालिम, शिक्षक र अभिभावक बिच शिक्षा सम्बन्धि तालिम, बिद्यालयको भौतिक संरचनाको निर्माण तथा मर्मत संभार, बिद्यालयहरुमा पुस्तकालय एबं बिज्ञान प्रयोगशालाको स्थापना लगायतका कार्यक्रमहरु सञ्चालन गरेको थियो ।
कास्की जिल्लालाई खुल्ला दिशामुक्त क्षेत्र बनाउनका लागि वल्र्ड भिजनले महत्वपूर्ण भूमिका खेलेको कार्यलय प्रमुख मञ्जु गुरुङले बताएकी छिन । जिल्ला बिकास समितिको सहकार्यमा वल्र्ड भिजनले आफ्नो लक्षित कार्यक्षेत्रभित्र सक्रिय भई घरघरमा चर्पी र समुदायमा खानेपानीको समेत कार्यक्रमहरु सञ्चालनमा ल्याएको कार्यलय प्रमुख गुरुङको भनाई रहेको छ ।
कार्यक्रमको अवधिभरी प्रत्यक्ष रुपमा सहयोग पु¥याएका सम्पूर्ण सरकारी तथा गै¥हसरकारी निकाय, समुदाय तथा व्यक्तिहरुप्रति आभार प्रकट गर्नका लागि धन्यावद् ज्ञापन तथा विदाई समारोहको आयोजना ग¥यो ।
वल्र्ड भिजन नेपालद्वारा कास्कीमा आफ्ना कार्यक्रमहरु पूरा भएको भनि शुक्रबार पोखरामा आयोजित धन्यवाद तथा बिदाइ कार्यक्रममा क्षेत्रबिकास कार्यक्रम अन्तरगत सहयोगी तथा साझेदार संस्थाहरुलाई सम्मान समेत ग¥यो ।
सम्मानीत हुने संस्थाहरुमा जिल्ला बिकास समिति, जिल्ला शिक्षा कार्यलय, जिलला कृषि तथा जिल्ला पशु सेवा कार्यलय, जीवीकोपार्जन परियोजना अन्तरगतका बिभिन्न सहकारी, समूह र साझेदार संस्थाहरु, बिद्यालय तथा शिक्षा परियोजना अन्तरगतका साझेदार संस्थाहरु थिए ।
सो कार्यक्रममा वल्र्ड भिजनले जिल्लाको सो क्षेत्रमा सञ्चालन गरेको शिक्षा परियोजना अन्तरगत सूचकका आधारमा उत्कृष्ट तीन बिद्यालयलाई पुरस्कृत समेत ग¥यो । कालिका निमावि–लेखनाथ –१३ मझुवा, रत्नशोभा उच्चमाबि–माझठाना र चन्द्रप्रभा उच्चमाबि–रुपाकोटलाई उत्कृष्ट बिद्यालयका रुपमा पुरस्कृत गरिएको थियो ।
बिद्यालय तथा बिद्यार्थीहरुको सरसफाई, वल्र्ड भिजनसंगको सम्झौता अनुसार बिद्यालयले कार्यक्रमहरु पूरा गरेको र अभिभावक, बिद्यार्थी र शिक्षकहरुको सहभागिताका आधारलाई सूचक मान्दै उत्कृष्ट तीन बिद्यालयलाई पुरस्कृत गरिएको हो ।
कास्कीको क्षेत्रबिकास कार्यक्रमका बाल संरक्षण अधिकृत मुना गुरुङले सञ्चालन गरेको सो कार्यक्रममा वल्र्ड भिजनका केन्द्रीय रणनीतिक बिश्लेषक उज्वल अमात्यले स्वागत मन्तव्य र कार्यलय प्रमुख मञ्जु गुरुङले क्षेत्रबिकास कार्यक्रमका बारे र त्यसको उपलब्धि र चुनौतिहरुका बिषयमा प्रकाश पारेकी थिइन ।
पोखराको होटल फेवा प्रिन्समा आयोजित उक्त समाहरोहमा सरकारी तथा स्थानीय निकायका प्रमुखहरु, विद्यालयका प्रतिनिधि, कृषक समूह, सहकारी संस्था र साझेदार संस्था गरी करीव एक सय, ३७ जनाको सहभागिता रहेको थियो ।
 

कमेन्टहरु
Loading...