साढे तीन घण्टा विमानस्थल ठप्प

पोखरा, ९ असोज / पोखरामा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माणको लागि थालिएको नागरिक दवाब अभियान अन्र्तगत आज साढे ३ घण्टा पोखराबाट हुने उडान ठप्प पारिनुका साथै विमानस्थल गेटमा धनाई दिईयो । आन्दोलन अन्तर्गत आज विहान साढे ८ बजेदेखि मध्यान्ह १२ बजेसम्म सबै हवाई उडान सहित विमानस्थल ठप्प पार्दै पोखरा विमानस्थलका दुवै गेटमा धर्ना दिईएको विमानस्थल निर्माण सरोकार समितिले जनाएको छ ।

साढे आठ बजेपछि पनि उडान भरको भन्दै आन्दोलनकारीले यति एयरलाइन्सको सिटी अफीसमा समान्य तोडफोड समेत गरेका थिए । तोफोडबाट अफिसमा समान्य क्षति पुगेको छ ।आन्दोलनका कारण मध्यान्ह १२ बजेसम्म पोखरा विमानस्थल ठप्प रह्यो भने उक्त समयमा विमानस्थल क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । विहान ८ साढे बजेदेखी मध्यान्ह १२ बजेसम्म पोखरा विमानस्थलबाट कुनैपनि उडान तथा अवतरण भएनन् भने १२ बजेपछि भने उडान भएको थियो । सरोकार समितिले आन्दोलनका कारण हवाई कम्पनीहरुले उडान तालिम समेत परिर्वतन गरेका छन् । सरोकार समितिले असोज १५ गते सम्म उडान ठप्प पार्ने कार्यक्रममा हवाई टिकट नबेच्न र उडान नगर्न ट्राभल एजेन्सी र हवाई कम्पनीहरुसँग आग्रह गरेको छ ।

नागरिक दबाव अन्र्तगत पोखरा विमानस्थल अगाडीको रिले अनसन र धर्ना कार्यक्रम आज पनि जारी छ । मंगलबार राती आठ बजेदेखि बुधबार विहान ८ बजेसम्म होटल प्रतिनिधि समाजका पदाधिकारी, सदस्य अनसनमा बस्नु भएको छ ।

अनसनमा तिलक श्रेष्ठ, दीपेन्द्र पहारी, नगेन्द्रबहादुर थापा, हरिलाल शर्मा, नारायणप्रसाद अधिकारी माधव लम्साल, महेश थापा, यमराज पराजुली, सर्य गुरुङ, सन्तोष भण्डारी, टेकबहादुर गुरुङ, पदम नारायण श्रेष्ठ, कृष्ण थपलिया र रनमान गुरुङ बस्नु भएको छ । अनसनमा गोविन्दबहादुर खाँण, शेरबहादुर खत्री, ढकबहादुर कँुवर, ओमबहादुर पाठक, भवानीप्रसाद पौडेल, भीमबहादुर खत्री, लोकबहादुर राना, वेदीमाया कार्की, शर्मिला मल्ल, गायन्त्री खत्री र स्यामली बराल बस्नु भएको थियो ।

यसबीच विमानस्थल निर्माणमा दवाब दिन असोज १६ गते सिंहदरबार घेराउ गरिने भएको छ ।सरोकार समितिका अनुसार करिव ५ सय सवारी साधनले सिंहदरबार घेराउ गर्ने कार्यक्रम तय गरिएको हो । घेराउ कार्यक्रममा काठमाडौ जानेको लागि सरोकार समितिले अनुरोध गर्दै नाम दर्ताको लागि सम्पर्क गर्न अनुरोध गरेको छ ।

समितिका संयोजक कृष्णमोहन श्रेष्ठले सम्भव भए आफुसँग भएको सवारी सधान सहित घेराउ कार्यक्रममा सहभागि भईदिन सम्पूर्ण पोखरेलीलाई अनुरोध गर्नु भयो ।सवारी सधान नहुनेलाई सरोकार समितिले नै व्यवस्था गर्नेछ । बस, मिनीबस, भ्यान, कार, मोटरसाइकल लगायतका सवारी साधानले सिहंदरबार घेराउ गरी सरकारलाई पोखरा विमानस्थल निर्माणको लागि निणर््ाय गर्नको लागि दवाब दिन लागिएको आन्दोलन कार्यक्रम निर्धारण समितिका सदस्य आनन्दराज मुल्मीले जानकारी दिनुभयो ।

कमेन्टहरु
Loading...