ज्ञानेन्द्रसंग साँठगाँठ गर्नेहरु समाप्त हुन्छन् : नेपाल

निमुसंगम घर्ती 
१८ साउन, दाङ । नेकपा एमालेका बरिष्ठ नेता माधबकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहसंग साँठगाँठ गर्न खोज्नेहरु आफै समाप्त भएर जाने वताउनु भएको छ ।
madhav-nepal
प्रेस चौतारी दाङले शुक्रवार विहान घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता नेपालले नेकपा-माओबादीप्रति इङगित गर्दै भुतप्रेतहरुसँग साँठगाँठ गर्नेहरु लोकतन्त्रबादी बन्न नसक्ने र आफै बिलय भएर जाने चेतावनी दिनुभयो ।
राहत बितरण गर्दैमा पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्छु भन्नु बाबुराम भटराईको सोचाई ठिक नभएको नेपालको टिप्पणी छ । नाडिको गति छामेर थाहा नपाउने र धक्का दिएपछि मात्रै महसुस गर्ने बानीले नेपाल पछि पर्दै गएको उहाँको भनाई छ । कुनै पनि हालतमा मंसिर ४ मा चुनाब हुने भन्दै उहाँले संबिधान बनेपछि मात्रै संक्रमणको अन्त्य र दिगो सरकार बन्ने बताउनुभयो ।
चुनाबमा बैद्य नेतृत्वको नेकपा-माओबादी सहितका दलहरुलाई बाध्य नपार्ने तर भागलिन आग्रह भने गरिरहेको उहाँले जानकारी दिनुभयो । चार दलले राजनीतिक समितिमा सबै दलहरुलाई समाबेश नगर्नु गल्ती भएको भन्दै माफी मागेर अन्य दलहरुलाई पनि सहभागी गराउनु पर्ने बताउनुभयो । cp. onlinekhabar.com

कमेन्टहरु
Loading...