कुवेतमा तीन नेपालीको मृत्यु

१८ साउन, कुवेत । सडक दुर्घटनामा परी कुवेतमा तीन नेपालीको मृत्यु भएको छ । एक नेपाली घाइते भएका छन् । सालमियाको अरबियन गल्फ रोड पार गर्ने क्रममा भएको दुर्घटनामा परी पाल्पाका विष्णुबहादुर मसांग्री, झापाका झपेन्द्र प्रसाद र दाङका भूपेन्द्र वलीको मृत्यु भएको हो । घाइते पाल्पाका वीरबहादुर गाहाको उपचार भइरहेको छ ।
उनीहरु चारै जना बुदाई ग्रुप अन्तगत रेस्टुरेन्टमा काम गर्ने कामदार रहेको दूतावासले जनाएको छ ।
आफ्नो डिउटी सकेर डेरामा आउँदै गर्दा मरिना महल नजिकै निशेध गरिएको ठाउँबाट सडक काट्नेक्रममा दुर्घटना भएको दूतावासले जनाएको छ । प्रहरीले घटनाका बारेमा अनुसन्धान गरिरहेको छ ।
यता मृतकको शरिरलाई नेपाल पठाउने तयारी दूतावासले सुरु गरेको कुवेतका लागि नेपाली राजदूत मधुवन पौडेलले जानकारी दिनुभयो ।

कमेन्टहरु
Loading...