कास्कीको भदौरेतामागी गाविसमा वाषर््िाक समीक्षा तथा सार्वजनिक सुनुवाई

साउन १८ गते /कास्कीको पर्यटकिय भदौरे तामागी गाँउ विकास समितिमा गाविसले दिने सेवा तथा विकास निर्माणका विषयमा केन्द्रित वार्षिक समीक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम भएको छ । गाविसको आयोजना तथा टि.आई नेपालसंग आवद्ध संस्था सुशासनका लागि नागरिक समाज (सुनास) कास्कीको सहकार्यमा भएको कार्यक्रममा स्थानिय नागरिकहरुले गाविसले योजना सम्पन्न नभई भुक्तानी दिने गरेको भन्दै, आक्रोस पोखेका थिए ।
गाँउ विकास समितिका सचिव हरिप्रसाद अधिकारीले गाँउ विकास समितिमा संचालित आयोजना, सेवाग्राहीलाई दिएका सेवा तथा भौक्तिक पूर्वाधार तथा वजेट वाँडफाँड तथा योजनाका वारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । वार्षिक समीक्षा तथा सार्वजनिक सुनुवाईमा सचिव अधिकारीले विगतमा भएका कमीकमजोरी सुधार्ने तथा वजेट वाँडफाँड र योजना निर्माण पछिको अनुगमन अवदेखि सुधार गर्ने प्रतिवद्धता राख्नुभएको थियो । सचिव अधिकारीले, सीमित स्रोत र साधनको उपयोग गर्दै गाविसका विकास निर्माण गतिविधि संचालन गरिएको जानकारी दिनुभयो ।
सुनास कास्कीका सदस्य सूर्यप्रसाद ढकालले देश सुशासनको वाटोमा नहिडेको कारण विकास निर्माणका कार्यक्रम ठप्प भएको वताउनुभयो । उहाँले, सरकारी कार्यालयको पारदर्शिता र जवाफदेहिताका लागि एलाक डिपी कार्यक्रम कास्की जिल्लामा सुरु गरिएको जानकारी दिनुभयो । स्थानिय निकायको पारदर्शिता र उत्तरदायित्व वढाउनका लागि नागरिकको खवरदारी आवश्यक रहेको धारणा पनि उहाँले राख्नुभयो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानिय राजनीतिक पार्टीका नेता तथा प्रतिनिधीहरुले गाविसमा भएका कमीकमजोरी सुधार गर्ने तथा विनापूर्वाग्रह काम गर्ने प्रतिवद्धता समेत राखेका छन् । एकीकृत नेकपा माओवादी भदौरेका अध्यक्ष विष्णु दाहालले गाविसको विकास निर्माण प्रक्रिया चुस्त वनाउन अनुगमन प्रभावकारी वनाईने प्रतिवद्धता राख्नुभयो । उहाँले विकास निर्माण तथा अन्य भौक्तिक निर्माणका पूर्वाधारमा अनियमिता हुने अवस्थामा नागरिक खवरदारी आवश्यक रहेको धारणा राख्नुभयो ।
नेपाली कांग्रेसका सभापति रामकाजी गुरुङ्गले गाँउ विकास समितिको दीर्घकालिन विकासका लागि तत्काल सुधारका नयाँ कार्यक्रम निर्माण गर्नुपर्ने बताउनुभयो । गाविसमा चयन हुने योजना दलिय सहमतिमा गएको तथा आफ्नो गाविसमा दलिय द्धन्द्ध नरेहको स्पष्ट पार्नुभयो । नेकपा एमालेका अध्यक्ष अर्जुन क्षेत्रीले गाविसमा हुने कुनैपनि दुरुपयोग रोक्न आफ्नो पार्टी लाग्ने प्रतिवद्धता गर्नुभयो । योजना सम्पन्न भएपनि सवैको प्रभावकारी अनुगमन गरेर मात्रै रकम भुक्तानी गर्ने परीपाटीको लागि आफ्नो पार्टीले पहल गर्ने दावी गर्नुभयो ।
गाविसका पूर्वउपाध्यक्ष हरिभक्त पौडेलले जननिर्वाचित सरकार नभएको कारण गाविसका विकास निर्माणका काममा निष्कृयता आएको वताउनुभयोे । गाविसका विकास निर्माणका योजना तल्लो तहवाट नछानिएको भन्दै, उहाँले गाविस भवन निर्माणका लागि आएको शान्ति मन्त्रालयको २५ लाख फ्रिज भएको वताउनुभयो । भदौरे तामागी गाविसका सचिव हरिप्रसाद अधिकारीको अध्यक्षमा भएको कार्यक्रमको संचालन टि.आई÷सुनासका कार्यक्रम अधिकृत भानुभक्त पराजुलीले र स्वागत गाविस सहायक केशवराज वरालले गर्नुभएको थियो ।

कमेन्टहरु
Loading...