सात महिना अघि कोरिया गएका एक नेपाली युवाद्वारा आत्महत्या , कारण एकदम दु:खद

कोरियाबाट नेपाल फर्कने टिकट लिएका एक नेपाली युवाले झुण्डिएर आत्महत्या गरेका छन् । महोत्तरी बर्दिबास घर भएका  प्रकाश थापा मगरलाई कोरियाको पुछानस्थित आफ्नै काम गर्ने कम्पनीको पछाडि बुधबार झुण्डिएको अवस्थामा भेटिएको थियो ।२५ वर्षिय मृतक मगर सात महिना अघि कोरिया आएका थिए ।

अचानक कपाल झर्ने समस्या देखेपछि डक्टरलाई देखाउँदा गम्भीर समस्या नभएको भनिएपनि उनी क्यान्सर भएको हुन सक्ने आशंकामा चिन्तित थिए । उनका श्रम सहचारी डिल्लीराम बास्तोलाले उनी क्यान्सर भएको भन्दै दुःखी हुने गरेका थिए ।

त्यही समस्याका कारण ९ तारिख नेपाल जाने हवाई टिकट लिएका मृतक मगर ८ तारिखदेखि नै साथीहरुसँग सम्पर्कविहीन भएका थिए । मगर १० तारिखमा झुण्डिएको अवस्थामा भेटिएका थिए ।

कमेन्टहरु
Loading...