खोज्न सकेन पुर्व डिआइजि सिलवाललाई ललितपुर प्रहरीले

काठमाडौं– ललितपुर प्रहरीले पूर्व डिआईजी तथा प्रतिनिधिसभा सदस्य नवराज सिलवाललाई फेला पार्न नसकेको भन्दै  काठमाडौं प्रहरीलाई  जवाफी पत्र पठाएको छ ।

ललितपुर प्रहरी  स्रोतका अनुसार  सम्भावित ठाउँमा खोजतलास गर्दा पनि सिलवाललाई पक्राउ गर्न नसकिएको भन्दै जवाफी पत्र काटेको हो ।

गत पुस १८ गते महानगरीय प्रहरी परिसर काठमाडौँले ललितपुर प्रहरीलाई ‘नवराज सिलवाललाई तत्काल पक्राउ गरेर उपस्थित गराइदिन’ भन्दै पत्र काटेको थियो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी बेल बहादुर पाण्डेले ‘केही कुरा बुझ्नपर्ने भएकाले’ उल्लेख गर्दै सिलवाललाई अविलम्ब उपस्थित गराउन ललितपुर प्रहरीलाई पत्र काटेका थिए ।

जवाफी पत्रमा ललितपुर जिल्ला गोदावरी नगरपालिका ४ स्थित घर तथा सम्भावित स्थानमा खोज्दा पनि उनलाई पक्राउ गर्न नसकिएको व्यहोरा उल्लेख रहेको बताइएको छ ।

कमेन्टहरु
Loading...