१३ औं अन्तरसदस्यीय डबल ब्याडमिन्टन प्रतियोगितामा १८ खेल सम्पन्न

पोखरा, १७ साउन। कास्की जिल्ला ब्याडमिन्टन सङ्घको आयोजनामा मड्डलबारदेखि पोखरा रड्डशालामा सञ्चालित १३ औं अन्तरसदस्यीय डबल ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत बिहीबार १८ खेल सम्पन्न भएका छन्। 
सुपर लिगअन्तर्गत समूह ए तर्फको पहिलो खेलमा नरबहादुर गुरुङ र राजेश गुरुङको जोडीले सूर्य श्रेष्ठ र अर्जुन गुरुङको जोडीलाई, दोस्रो खेलमा नरबहादुर गुरुङ र राजेश गुरुङको जोडीले यदुनाथ अधिकारी र अर्जुन पोखरेलको जोडीलाई, तेस्रो खेलमा शम्भु श्रेष्ठ र ओम गुरुङको जोडीले सूर्य श्रेष्ठ र अर्जुन गुरुङको जोडीलाई, चौथो खेलमा शम्भु श्रेष्ठ र ओम गुरुङको जोडीले सन्तोष मिश्र र राम श्रेष्ठको जोडीलाई, पाँचौं खेलमा सजित भारी र कमल गुरुङको जोडीले सहदेव रञ्जित र रूपेश वैद्यको जोडीलाई, छैटौं खेलमा रूपेश वैद्यको जोडीले मनोज श्रेष्ठ र राम अधिकारीको जोडीलाई, सातौं खेलमा बालकुष्ण केसी र पुष्कर श्रेष्ठको जोडीले नारायण अधिकारी र अमित गुरुङको जोडीलाई, आठौं खेलमा विशाल हिराचन र सन्जोग गुरुङको जोडीले सिद्धार्थ आले र प्रेम थापाको जोडीलाई तथा नवौं खेलमा राजेश गुरुङ र रबिन्सन प्रजूको जोडीले सिद्धार्थ आले र प्रेम थापाको जोडीलाई पराजित गरेको छ।
समूह बी तर्फको पहिलो खेलमा निरबहादुर थापा र सुरेन्द्र गोदारको जोडीले विष्णु चापागाईं र चलित्र जोशीको जोडीलाई, दोस्रो खेलमा छविलाल शर्मा र टंक पौडेलको जोडीले बाबुराम पन्त र शेरबहादुर क्षत्रीको जोडीलाई, तेस्रो खेलमा फरिन्द्र लामिछाने र राजेश यादवको जोडीले सुदीप अधिकारी र विनित श्रेष्ठको जोडीलाई, चौथो खेलमा रूद्र श्रेष्ठ र दीपेन्द्र बस्ताकोटीको जोडीले अनिल मिश्र र खेमनारायण खनालको जोडीलाई, पाँचौं खेलमा मेजर लक्ष्मीप्रसाद गुरुङ र मीन गुरुङको जोडीले दुर्गा जोजिजू र खगेश्वर काÇलेको जोडीलाई, छैटौं खेलमा रूद्र श्रेष्ठ र दीपेन्द्र बस्ताकोटीको जोडीले विजय शर्मा र रमेश श्रेष्ठको जोडीलाई, सातौं खेलमा पुनम गुरुङ र प्रतिभा गुरुङको जोडीले बाबुराम पन्त र शेरबहादुर क्षत्रीको जोडीलाई, आठौं खेलमा छविलाल शर्मा र टंक पौडेलको जोडीले दुर्गा जोजिजू र खगेश्वर काÇलेको जोडीलाई तथा नवौं खेलमा मेजर लक्ष्मीप्रसाद गुरुङ र मीन गुरुङको जोडीले राम ध्वजू र प्रदीप थापाको जोडीलाई पराजित गरेको छ।
सङ्घसँग आवद्ध सदस्यहरूबीच भाइचारा वृद्धि गर्ने उद्देश्यले आयोजित प्रतियोगिता सुपर लिगको अवधारणाअनुसार खेलाइएको सो प्रतियोगिता साउन ३० गतेसम्म सञ्चालन हुने छ। प्रतियोगितामा समूह ए मा ३६ तथा समूह बी मा ३४ गरी ७० जना खेलाडीको सहभागिता रहेको छ। प्रतियोगिताको प्रायोजकमा वाइ आर कन्स्ट्रक्सन प्रालिका प्रोप्राइटर राम अधिकारी रहेका छन्।

कमेन्टहरु
Loading...