अनसनमा रहेका डा. केसीले औषधि समेत खान मानेनन्

काठमाडौं । अदालत अवहेलना मुद्दा खेपिरहेका डा. गोविन्द केसीलाई प्रहरीले एम्बुले्न्समा राखेर सर्वोच्च अदालत पुर्याएको छ ।

अदालत ल्याँउँदै गर्दा केसीले सञ्चार कर्मीसँग भने, ‘जबसम्म भ्रष्ट, माफिया प्रधानन्यायाधीशलाई कारबाही हुँदैन तबसम्म म लडिरहन्छु ।’ उनले यति भन्नासाथ प्रहरीले उनलाई सर्वोच्च परिसरबाट कार्यालयभित्र लगेको थियो ।

मंगलबार स्वास्थ्यमा समस्या देखिएपछि डा. केसीलाई वीर अस्पताल भर्ना गरिएको थियो । केसीको मुटुको धड्कन तीव्र हुनुका साथै मांशपेशी बाउँडिने समस्या देखिएकोले वीर अस्पताल लगिएको थियो । अस्पताल लगिएपनि अनसनमा रहेका केसीले औषधि खान मानेनन्।

केसीको अवहेलना मुद्दा न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको संयुक्त इजलासमा परेको छ । उनको बयान मंगलबार नै सकिएको छ ।

कमेन्टहरु
Loading...