डा. केसीलाइ अस्पताल लगियो

काठमाडौँ, २५ पुस । अदालतको अवहेलना गरेको आरोपमा पक्राउ परेका डा. गोविन्द केसीलाई वीर अस्पताल लगिएको छ । स्वास्थ्यमा समस्या आएपछि केसीलाई अस्पताल लगिएको हो ।

सर्वोच्च अदालतमा मंगलबार केसीको बयान सकिए लगत्तै अनसनरत केसीलाई प्रहरीले उपचारको लागि अस्पताल लगिएको बताइएको छ ।

सर्वाेच्च अदालतको अबहेलनासम्बन्धि मुद्दामा पक्राउ परेका प्राध्यापक डा. केसीले मंगलबार सर्वोच्च अदालतमा बयान दिएका छन् । उनलाई मंगलबार पनि हिरासतमा राखिने र बुधबार १० वजेपछि मात्रै सुनुवाई हुने बताइएको छ ।

कमेन्टहरु
Loading...