पोखरा, १६ साउन। उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा–६ बैदामले सामाजिक उत्तरदायिŒवको कार्यक्रमअन्तर्गत यही साउन २६ गते शनिबार वृहत् आँखा दान कार्यक्रम गर्ने भएको छ। संस्थाका अध्यक्ष इन्द्र पौडेलको अध्यक्षतामा हालै संस्थाको बसेको नियमित बैठकले सो निर्णय गरेको हो।
मरेपश्चात् डढेर वा कुहिएर जोन आँखा दान दिएमा दुई जना आँखा नदेख्नेलाई देख्ने बनाउन सकिन्छ, मरेपश्चात् दिने र त्यति ठूलो महŒव राख्ने दानमा यहाँले पनि सहभागिता जनाउने कि भन्ने मूल नाराका साथ हिमालयन आँखा अस्पताल घारीपाटनको सहयोगमा सहकारीको प्राड्डगणमा हुने सो कार्यक्रम भव्यरूपमा सञ्चालन गर्न संस्थाका सहसचिव सूर्यनाथ (एकराज) पहारीको संयोजकत्वमा समिति गठन गरिएको छ।
पोखरा उप–महानगरपालिका वडा नं. ६ का वासिन्दाको विशेष आग्रहमा गर्न लागिएको सो कार्यक्रममा एक सय बढीले सहभागिता जनाउने प्रतिबद्धता जनाइसकेको कार्यक्रम संयोजक सूर्यनाथ पहारीले जानकारी दिए। मानिसको मृत्युपछि जलेर, सडेर जोन हाम्रो शरीरमा रहेको आँखाको नानी कर्नियामा समस्या भई अन्धो जीवन व्यति तगर्न बाध्य व्यक्तिलाई पुनः देख्ने बनाउनको लागि प्रयोग गरिने भएकोले सो कार्यक्रम सहभागिता जनाइदिन संस्थाका अध्यक्ष इन्द्र पौडेलले सम्पूर्ण पोखरावासीमा आग्रह गरेका छन्।
विशेषगरी मान्छे मरेको १२ घण्टाभित्र हिमालय आँखा अस्पतालमा खबर गरी उसको आँखा निकाल्न सके अन्य नदेख्ने व्यक्तिमा प्रत्यारोपण गर्न सकिन्छ। हिमालय आँखा अस्पतालले आँखा दान ज्योति दान भन्ने मनसायका साथ सबै मानिस, धनी,गरिब, शिक्षित, अशिक्षित,महिला, पुरुष, कृषक, व्यापारी आदि सबैले गर्न सक्ने काम आँखा दान गरौं भन्ने नारा तय गरेको छ।
२०८२ कार्तिक २७ गते बुधबार
उपकार बचत सहकारीले वृहत् आँखा दान कार्यक्रम गर्ने
कमेन्टहरु