एन्फा जिल्ला अध्यक्षमा कार्की निर्विरोध

पाल्पा, साउन १५ –जिल्ला फुटवल संघको अध्यक्षमा भिमसेन कार्की मंगलबार निर्विरोध निर्वाचित भएका छन् । चार बर्षे कार्यकालका लागि उपाध्यक्षमा राजेश्वर उदय, मनोहर थापा, भूगोल बैंजु निर्वाचित भए ।
सदस्यहरुमा सुरेश लिगल, राजु महर्जन, माधब अर्याल, सुरेन्द्रमान कर्माचार्य, सुशील शाक्य, सुनिल कमाचार्य, सुरेन्द्र पाण्डेय, रविनद्र बजिमय, पे्रेमसिंह दर्लामी निर्विरोध भए । संघको पहिलो वैठकले महासचिवमा भरत शर्मा र कोषाध्यक्षमा मधुदयाल सैंजुलाई मनोनयन गरेको छ । कार्यक्रममा निर्वाचन पर्यवेक्षक तथा केन्द्रिय सदस्य हरि श्रेष्ठले फुटवललाई गैरराजनीतिक ढंगले अगाडि बढाउनुपर्ने र सबैको हो भन्ने बनाउन आग्रह गरे । उनले मैदान जीर्ण भएपनि पाल्पाले फुटबलमा आफ्नो गतिविधि कहिल्यै कम नगरेको बताए ।
कार्यक्रममा अध्यक्ष कार्कीले ४ वर्षे कार्यकालमा भएको गतविधि प्रकाश पार्नुका साथै फिफा गोलप्रोजेक्टका बारेमा प्रष्ट पारे । मैदान राम्रो हुने वित्तिकै ‘करुवा कप’ लाई निरन्तरता दिने बताउदै अहिले भएका गतिविधिमा जिल्लाबासीको साथ रहेको बताए । कार्यक्रममा केन्द्रिय सहसचिव सुरेश लिगल, उपाध्यक्ष राजेश्वर उदय, महासचिव भिमसेन कार्कीले जिल्ला फुटवल संघले आगामी दिनमा गर्ने कार्यक्रमका लागि सबैको साथ रहने बताउदै जिविस, नगरपालिका, उवासंघ, जिल्ला खेलकुद विकास समितिसंगको सहकार्यमा अगाडि बढ्ने बताएका थिए ।

कमेन्टहरु
Loading...