काठमाडौं, पुस २३ – काठमाडौं उपत्यकासहित औद्योगिक क्षेत्रमा प्रदूषण अझै बढ्ने मौसमविद्ले बताएका छन् । अबको एक हप्तासम्म पानी पर्ने संभावना निकै कम भएकाले सडक विस्तार भैरहेको तथा औद्योगिक क्षेत्र आसपास प्रदूषण अझै बढ्ने मौसमविद्ले वरुण पौडेलले बताउनुभयो ।
उहाँका अनुसार अहिलेको अवस्था हेर्दा अझै प्रदूषण बढ्ने देखिएको छ । यस्तै पश्चिमी वायुको प्रभावसँगै भारतको जम्मु काश्मिर हुँदै हिमाल माथिबाट हावा आएकाले चिसो बढेको मौसमविद् पौडेलले जानकारी दिनुभयो ।