बलुको हत्या विरुद्ध बुटवल बन्द , रुपन्देही पनि बन्द रहन सक्ने

बुटवल, पुस २१ । रुपन्देहीको ढेकेबार खैरेनीमा गोली प्रहारबाट स्थानीय युवा बसन्त पौडेल ‘बलु’को हत्या भएको विरोधमा बुटवल बन्द भएको छ । तत्काल हत्यारा पत्ता लगाउन माग गर्दै आक्रोशित युवा विद्यार्थीहरुले बन्द गरेका हुन् ।

भोली रुपन्देही बन्द गर्ने युवा संघ अध्यक्ष नकुल शाह ठकुरीको भनाइ छ ।

अज्ञात व्यक्तिले आज बिहान सवा ११ बजे पौडेलमाथि गोली प्रहार गरेका थिए । उपचारार्थ लुम्बिनी अञ्चल अस्पतालमा लैजाँदै गर्दा उनको मृत्यु भएको थियो ।

कमेन्टहरु
Loading...