२०१७ मा रोजगारका लागि कुवेत पुगेका ३१ नेपालीले ज्यान गुमाए , अवस्था चिन्ताजनक

पौष २०,

हाम्रो देशमा वैदेशिक रोजगारिका लागि रोजाईको देश बनेको कुवेतमा पत्याउनै नसक्ने घटना भएका छन् । त्यहाँ धेरै नेपालीले ज्यान गुमाएका छन् ।

कुवेतस्थित नेपाली दूतावासका अनुसार सन् २०१७ मा कुवेतमा रोजगारी गर्न आएका ३१ जना नेपालीले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा १५ पुरुष र १६ महिला छन् ।

घरेलु क्षेत्रमा काम गर्ने १४ र कम्पनीमा काम गर्ने १७ जनाले ज्यान गुमाएको लिङ्देनले जानकारी दिनुभयो । सन् २०१६ मा २५ जनाले ज्यान गुमाएका थिए ।

दूतावासका प्रथम सचिव भोगेन्द्र लिङ्देनका अनुसार हृदयघात, मस्तिष्कघात लगायत अन्य स्वास्थ्य सम्बन्धी कारणबाट उनीहरुले ज्यान गुमाएका हुन् ।

कमेन्टहरु
Loading...