१९ पुस। आन्तरिक राजश्व विभागको ठूला करदाता कार्यालयले ६५ अर्ब कर तिर्न एनसेललाई १५ दिने सूचना जारी गरेको गरको छ।
वुधबार पत्रिकामा सूचना प्रकाशित गर्दै करदाता कार्यालयले १५ दिन भित्र पुष १८ सम्मको सामा र व्याज गरी ६५ अर्व ४० करोड ३१ लाख ६० हजार १ सय ८० रुपैयाँ कर तिर्न आदेश दिएको छ।
निर्धारित समयमा कर नतिरेमा कानुन बमोजिम कर उठाउन आयकर ऐन अनुसार कारबाही गर्ने चेतावनी दिएकोछ।