१२ भारतीय युवक सँग ५ पोख्रेली युवती होटलमा पक्राउ

पुस १८/ प्रहरीले होटलबाट पाँच युवती र १२ भारतीय युवकलाई पक्राउ गरेको छ । यौनजन्य क्रियाकलाप गरेको आरोपमा प्रहरीले सोमबार राति होटल स्माइल एण्ड रेष्टुरेनटबाट उनीहरुलाई पक्राउ गरेको हो ।

जलेश्वर–जनकपुर सडकमा पर्ने सिनेमा हल नजिकै रहेको उक्त रेष्टुरेन्टमा यौनजन्य क्रियाकलाप हुने गरेको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी बालकृष्ण पोखरेलका अनुसार पक्राउ परेका युवा भारतको सीतामढी र मधुवनीका हुन् भने युवतीहरु पोखरा, झापा र धनकुटाका हुन ।

प्रहरीले पक्राउ परेका जोडीको मेडिकल जाँच गरी अनुसन्धान अगाडि बढाएको छ । सोमबार अंग्रेजी नयाँ वर्ष २०१८ को अवसर पारेर भारतीय युवा नेपाल छिरेका थिए ।

कमेन्टहरु
Loading...