तुइन चुडिँदा एक जनाको मृत्यु , दुई घाइते

१८, पुस
कैलाली मोहन्याल गाउँपालिका–७ स्थित कर्णाली नदीको चिप्लेटघाटमा रहेको तुइन (फेरी) चुडिँदा एक जनाको मृत्यु भएको छ ।

घटनामा अन्य दुई जना घाइते भएका छन् । तुइन चुँडिएर मोहन्याल गाउँपालिका–६ सोल्टाका टेकबहादुर विष्टको आइतबार घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विनोद घिमिरले जानकारी दिए ।

नदी माथिको तुइन तर्ने क्रममा अचानक चुँडिएपछि तीनै जना नदीको किनारामा खसेर दुर्घटनामा परेको बताइएको छ ।

कमेन्टहरु
Loading...