मकवानपुरमा गाई मार्ने ४ जना ढक , तराजु र बन्चरो सहित पक्राउ

हेटौंडा, १८,पुस

पूर्वी मकवानपुरको बकैया गाउँपालिका–७, कान्द्राङ बस्ने ४८ वर्षीय शंकर भोम्जन सहित ४ जनालाई गाई काटेको अभियोगमा आइतबार प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँ स्थित सन्तबहादुर राईको सिरुवारीमा बञ्चरो लगायत हतियार प्रयोग गरेर गाई काटिरहेको अवस्थामा गाईको मासु सहित ४३ वर्षीय राजकुमार सिन्ताङ, ४६ वर्षीय प्रेमबहादुर लोप्चन र ४८ वर्षीय जयबहादुर नेगीलाई प्रहरीले ढक तराजु सहित पक्राउ गरेको हो ।

पहिले देखि नै गौहत्या हुने गरेको र सुराकीका आधारमा असई जयप्रकाश पाण्डेको नेतृत्वमा प्रहरीले छापा मार्दा उनीहरु पक्राउ परेका हुन् ।

नेपाल समाचारपत्रबाट

कमेन्टहरु
Loading...