पुस १६ ।
बालिका बलात्कार प्रयास गरेको आरोपमा एक प्रहरी जवान पक्राउ परेका छन् । जंगलमा लगेर १५ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा सदरमुकाम वीरेन्द्रनगरमा कार्यरत प्रहरी जवान पूर्णबहादुर चलाउने पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार बिहीबार बेलुका घर पुर्याउने भन्दै प्रहरी जवान चलाउनेले बालिकालाई नेपाली सेनाको कपासे व्यारेक नजिकैको जंगलमा पुर्याएर बलात्कार प्रयास गरेका थिए । १५ वर्षीया बालिका चिच्याएपछि उनी त्यहाँबाट भागेका थिए ।
उनलाई वीरेन्द्रनगरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।