परिवार दलको जनजागरण अभियान

पोखरा १३ साउन/नेपाल परिवार दलले संचालन गरेको राष्ट्रिय जनजागरण अभियान अन्तर्गत शनिवार पोखरामा आइपुगेको छ । राष्ट्र र जनता पहिलो प्राथमिकता भन्ने मुल मान्यताका साथ सञ्चालन गरेको अभियान अन्तर्गत शनिवार दलका अध्यक्ष तथा पूर्व मन्त्री एकनाथ ढकालको नेतृत्वमा पोखरामा आइपुगेको हो ।शनिवार पोखरा आइपुगेको टोलीले पोखरामा जनजागरण ¥याली तथा कोणसभाको आयोजना ग¥यो । कोणसभाका साथै दलले कास्कीका चार वटै क्षेत्रमा जनजागरण अभियान सञ्चालन गर्ने जनाएको छ । शनिवार पोखराको जिरो किलोमिटरबाट ¥याली निकाली हेम्जामा पुगेर सभाको आयोजना ग¥योभने । पोखराको चिप्लेढुंगामा कोणसभाको आयोजना ग¥यो । कोणसभामा वोल्दै नेपालमा भएका सम्पूर्ण जातजाति भाषा भाषिका मानिसहरुलाई एकैथलोमा भेला गराइ सामाजिक सद्भाव कायम गर्नका लागी देशभर जनजागरण अभियान सञ्चालन गरेको ढकालले वताउनुभयो ।
आसन्न संविधान सभाको निर्वाचनलाइ मध्येनजर गर्दै जनजागरण अभियान संगै चुनावी प्रचारमा समेत परिवार दल अगाडी वढेको वताउदै ढकालले सरकारले सम्पूर्ण दललाई चुनावमा सहभागी गराउनका लागी वातावरण तयार पार्न जोडदार माग समेत गर्नुभयो । ढकालले आफ्नो दलका साथै कार्यकर्ताहरु पनि पनि चुनावको तयारीमा लागिपरेको वताउदै आगामी चुनावमा परिवार दलले राम्रो स्थान पाउने समेत ठोकुवा गर्नुभयो ।
उहांले जनजागरण अभियान अन्तर्गत कास्की २४ औ जिल्ला भएको वताउदै राष्ट्रिय स्वाधिनता कमजोर भएका कारण नेपालमा सम्पूर्ण जातजाति , भाषा संस्कृतिका मानिसहरु सम्पूर्ण नेपाली भएकाले देशमा सामाजिक सद्भाव कायम गर्नका लागी परिवार दलले जनजागरण अभियान सञ्चालन गरेको वताउनुभयो ।

कमेन्टहरु
Loading...