सङ्घीय समाजवादी तनहुँमा गुरुङ

तनहुँ, १३ साउन/सधै लड्यौं अरुका लागि, अब लडौं आफ्नै लागि नाराका साथ बैकल्पिक शक्ति निर्माणमा जुटेको सङ्घीय समाजवादी पार्टीको भेलाले सुवेदार सुकबहादुर गुरुङको संयोजकत्वमा अठार सदस्यीय जिल्ला भेला आयोजक समिति गठन गरेको छ । तमुसार क्होइवोमा भएको भेलाले आयोजक समितिको सदस्यहरुमा रेखबहादुर थापामगर, लोककुमार गुरुङ, विष्णु गुरुङ, डम्बर गुरुङ, सिलावती गुरुङ, तुलाराम गुरुङ, इन्द्र गुरुङ, बसुन्धरा भुजेल, सोनम तामाङ, सिता भुजेल, कृष्ण भुजेल, धनसुब्बा तामाङ, मिनबहादुर गुरुङ, राजु भुजेल, राम थापा मगर, तिलक दवाडी, दिर्घ दराई रहनु भएको छ ।
भेलाका प्रमुख अतिथी सङ्घीय समाजवादी पार्टीका स्थायी समिति सदस्य गणेशमान गुरुङले अक्षम चार दलका विकल्पमा गठित सङ्घीय समाजवादी पार्टीले जनताका अधिकार सुनिश्चित गर्ने दावी गर्नुभयो ।
प्रधानन्यायधीश खिलराज रेग्मीलाई सरकार प्रमुखको जिम्मेवारी सुम्पनु पुराना दलहरु मुलुक हाँक्न सक्दैनन भन्ने प्रमाणित भएको बताउनु भयो ।
अर्का स्थायी समिति सदस्य सुरेन्द्र थापामगरले सङ्घीय समाजवादी पार्टी केन्द्रीकृत एकल जातिय राज्य संरचनालाई तोड्दै सबैले मेरो राज्य भन्ने पुनसंरचना र सबै जनताले समान अधिकारको प्रत्याभूत गर्ने मुलुक निर्माणको अभियानमा जुटेको बताउनुहुदै पार्टीमा आवद्ध हुन आग्रह गर्नुभयो । पुराना दलहरु असफल भइसकेकाले उत्पिडित जनताको मुद्धालाई प्रमुखता दिनेगरी गठित नयाँ विचार, नीति र योजना बोकेको पार्टीलाई जनताले साथ दिने विश्वास व्यक्त गर्नुभयो ।

कमेन्टहरु
Loading...