१३ पुस:
नेपाली बजारमा स्वदेशी उत्पादनका जुत्ताले ५० प्रतिशत हिस्सा ओगट्न सफल भएको छ ।
गत वर्षको तथ्याङ्कअनुसार नेपाली बजारमा गत वर्ष सात करोड ६२ लाख ४४ हजार १८६ जोर जुत्ता खपत भएकामा तीन करोड ८२ लाख ९४ हजार ७९३ जोर जुत्ता स्वेदेशी उद्योगबाट निर्मित रहेका थिए ।
नेपाल छाला जुत्ता उत्पादक संघका अनुसार हाल नेपालमा ६० भन्दा बढी जुत्ता उद्योग रहेका छन् । उद्योगबाट उत्पादित जुत्ता विदेशमा समेत निर्यात हुन थालेको छ । गत वर्ष रु दुई अर्ब बराबरको जुत्ता निर्यात भएको संघले जनाएको छ ।