राष्ट्रकवि माधवप्रसाद घिमिरे १०० वर्ष पुग्न लागेको अवसरमा यस्तो कार्य गर्ने

काठमाडौँ, १३ पुस  ।  राष्ट्रकवि माधवप्रसाद घिमिरेले जीवनको एक शताब्दीको अनुभवलाई समेटेर महाकाव्य लेख्न लागेको बताएका छन् ।

राष्ट्रिय ज्येष्ठ नागरिक महासंघको छैटौँ स्थापना दिवसका अवसरमा बुधबार आयोजित पुनर्मिलन कार्यक्रममा उहाँले केही महिनापछि आफू १०० वर्ष पुग्न लागेकाले सो महाकाब्य प्रकाशनमा ल्याउने जानकारी दिए ।

उनले ज्येष्ठ नागरिकलाई परिवारको हेरचाह, स्नेह र मायाको खाँचो पर्ने बताउँदै उनीहरुको सामाजिक सुरक्षाका लागि सरकारले सहयोग गर्नुपर्ने बताउनु भयो ।

कमेन्टहरु
Loading...