पुस १२ । हाम्रो देशमा मोटरसाइकलहरु दिनदिनै हराउँछन् । पार्किङ गरिराखेको ठाउँबाट भएनी घरमा राखे पनि जसै हराएको घटना हामी सुन्छौ । मोटरसाइकल हराएपछि तपाईं हामी जो पनि ट्राफिक प्रहरीमा रिपोर्ट गर्न जान्छौं ।
प्रहरीलाई रिपोर्ट गरे पनि कतिपय मोटरसाइकल फेला पर्दैन् त कतिपय पर्छ । यसमा प्रहरीको कुनै कमजोरी छैन्, स्वयम् मोटरसाइकल धनीको कमजोरी हुन्छ । आफ्नै हेलचक्र्याईंका कारण तथा जथाभावी पार्किङ गर्ने, ह्यान्ड लक नगर्नेजस्ता कारणले मोटरसाइकल हराउने गर्दछ ।
यदि कसैको मोटरसाइकल हराएर प्रहरी रिपोर्ट गर्नुभएको छ भने एकचोटी महाशाखा गएर बुझ्नुहोला फेला परेको हुनसक्छ ।
त्यस्तै आज ट्राफिक प्रहरी महाशाखाले ३० वटा हराएका मोटरसाइकल फेला पारेर सम्बन्धित पक्षलाई बुझाउन राखेको जानकारी गराएको छ ।